२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतियार खरिदका लागि छुट्याईएको रकम बारे स्पष्ट पार्न प्रधानमन्त्री देउवासँग एमालेको माग



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद पवित्रा निरौंला खरेलले भारत र चीनबाट हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको छ भन्ने विषयबारे संसदलाई स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले संसद बाहिर हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको चर्चा भएको उल्लेख गर्दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गर्नु भएको हो । उहाँले सो सम्बन्धमा प्रधानमन्त्री देउवाले संसद बाहिर कुरा उठाए पनि संसद भित्र जानकारी नगराएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

सांसद खरेलले झापा जिल्लाको विभिन्न स्थानमा जंगली हात्ति आतंकका कारण धानबाली समेत लगाउने अवस्था नआएको जानकारी गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नु भयो, ‘संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि ठूलो रकम छुट्टयाइएको कुरा उठिराखेको छ । र, सरकार चीन र भारतबाट तालमेल गरिरहेको कुराहरु बुझिएको छ । र, यस सम्बन्धमा संसदमा धेरै कुराहरु उठिराखेको छ । यस सम्बन्धमा प्रधानमन्त्रीज्यूले बाहिर कुनै कोठामा यस सम्बन्धमा हतियार ल्याईन्न भन्ने कुराहरु उठाउनु भएको कुरा सुन्नमा आएको छ । तर यो सम्मानित सदन भित्र सम्माननीय प्रधानमन्त्रीज्यू आएर किन यो कुराहरु भन्न सक्नुहुन्न । तत्काल सम्माननीय प्रधानमन्त्री संसद भित्र आएर यो कुरा प्रष्ट पार्नु पर्छ भन्ने कुरा म सभामुख मार्फत यो कुरा राख्न चाहन्छु । गत असार १४ गतेबाट २५/३० वटा जंगली हात्तिको बथानले झापा जिल्ला अर्जनधारा गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ नम्बर वडाहरु र विर्तामोडको ६, ७ र ८ नम्बर वडाहरुमा हात्ति आतंक मच्चिएको छ । र, त्यस क्षेत्रका किसानहरु अत्यन्त प्रताडित छन । धानको विउको अभाव छ । त्यसको तत्काल व्यवस्था गर्नु पर्यो ।’

सांसद खरेलले धानबाली लगाउने बेलामा धानको विउको समेत किसानलाई सरकारले व्यवस्था गर्न नसकेको गुनासो पनि गर्नु भयो ।