८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

मोरङको पेट्रोल खानी गौचरणमा परिणत (फोटोफिचर)

मोरङको पेट्रोल खानी गौचरणमा परिणत (फोटोफिचर)
अ+ अ-

काठमाडौं । नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहेपनि यकिन गर्न नसक्दा खानीहरु बेवारिसे बनेका छन् । पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी छन् ।

सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ । तर कुनैपनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन र सदुपयोग हुन सकेका छैनन् ।

सरकारले सञ्चालनको लागि चासो र उत्सुकता नदेखाउँदा आफ्नै देशमा भएको पेट्रोल खेर गइरहेको छ । मोरङको बेलबारी नगरपालीका वडा नम्बर ८ बाहुनीमा रहेको खानीको अवस्था पनि त्यस्तै छ । सरकारले चासो नदिँदा पेट्रोल खानी जिर्ण बन्दै गएको छ । अन्वेषण गर्न बनेका भवन भग्नावशेष भइसकेको छ भने अन्वेषण गर्न ल्याएको कच्चा पदार्थहरु नष्ट भएका छन् ।

सरकारले बेलाबेला आएर हेर्ने बाहेक अन्य काम गर्न नसकेको बताउनुहुन्छ स्थानीय कुलबहादुर भण्डारी । उहाँले सरकारले पूर्ण चासो दिएर काम गर्ने हो भने पेट्रोलका लागि अहिलेको अवस्थाको सामना गर्नु नपर्ने बताउनु भयो ।

वि.सं. २०४५ सालमा सरकारको सहयोगमा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण गरेपनि सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेको गुनासो गर्नुहुन्छ स्थानीय यामप्रसाद तिम्सिना । उक्त कम्पनीले ६ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको बताउनु भयो ।

३४/३५वर्ष बितिसक्दा पनि उक्त स्थानमा सरकारले कुनै काम नगरेको उहाँको भनाइ छ । उक्त स्थानको खानी सञ्चालनमा नल्याउन भारतको दबाब दिएको गुनासो रहेको बताउनु भयो । उहाँले नेपालको उक्त खानी सञ्चालन गरे भारतको खानी सुक्ने भएकोले भारतले नदिएको गुनासो आउनेगरेको बताउनु भयो ।

२०४५ सालमा चाइना कम्पनिले आएर अनुसन्धान पूरा गरी नेपाल सरकारलाई जिम्मा लगाएको खानीका पाले कपिलमणी रेग्मीले बताउनु भयो । अहिले खानी आसपासको क्षेत्र गौचरणमा सिमित भएको उहाँको भनाइ छ ।

सरकारको बेवास्थाका कारण हाल उक्त स्थान जंगलमा परिणत तएको छ । सरकारको मुख्य समस्या पेट्रोलियम पदार्थको खानी स्वदेशमा नै रहेपनि आफूसंग भएका खानी सञ्चालन गर्न सकेको छैन । बेलबारी ८ बाहुनीमा रहेको व्यक्तिको ४.९६९ वर्गमिटर जमिन खानी तथा भूगर्भ विभागले किनेको छ ।

अहिले खानी सञ्चालनका लागि विदेशबाट मगाइएका सामानहरु बेवारिसे भइ खेर गएको स्थानीहरुको भनाइ छ ।