७ माघ २०८१, सोमबार
,
Latest
संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन सिफारिस संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा मन्त्रीहरु औपचारिक कार्यक्रममा अल्झिँदा विधेयक माथिको छलफल सुस्त लखनउ सुपर जायन्ट्सको कप्तानमा ऋषभ पन्त गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल भारतीय चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर रोयलाई आजीवन कारावास गढीमाई मन्दिरमा तोडफोड गर्नेलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र पेश ज्येष्ठ नागरिकले सेवन गर्ने औषधिको लागत सङ्कलन गर्दै काठमाडौँ महानगर नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहारा चितवन सहकारी प्रकरण: प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन



अ+ अ-

काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा अनुसन्धान टुंग्याएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

शुक्रबार दोस्रो चरणको अनुसन्धान सक्काएर चितवन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।

दोस्रो चरणको अनुसन्धान सकेको प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ । यसअघि ८ भदौमा १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । यससँगै, सहकारी ठगी प्रकरणका प्रतिवादीको संख्या ३१ पुग्ने भएको छ ।

उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ ।

पहिलो चरणमा ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो । अहिले १४ जना नयाँ प्रतिवादी समेत थपिएकाले बिगो रकम ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ मागदावि गरिएको एक अधिकृतले बताए ।