• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

नेप्से परिसूचक १४.७१ अंकले वृद्धि



पछिल्लो तीन दिनदेखि निरन्तर रुपमा नेप्से परिसूचकमा वृद्धि भएको छ । गत मंगलवारदेखि बढ्न थालेको नेप्से बिहीवार पनि निरन्तरता पाएको छ । बिहीवार नेप्से परिसूचक १४.७१ अंक बढेर २००१.५३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले बढेको छ ।

बिहीवार कारोबारमा आएका २२० कम्पनीको ६२ लाख १० हजार कित्ता शेयर २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधवार २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमा १३ वटै उपसमूहको परिसूचक बढेरका छन् । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी २.०४ प्रतिशत बढेको छ । वित्त र लघुवित्तको शेयरमूल्य १ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक शून्य प्रतिशत भन्दा माथिले बढेका छन् ।बिहीवार एनआईबिएल प्रगति फण्डको इकाई मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै, प्रभु सेलेक्ट र अपर तामाकोशीको मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने बोटलर्स नेपाल तराईको मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । तर यता ग्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य ५.०१ प्रतिशत घटेको छ ।कारोबार रकमका आधारमा एनआईसी एशिया बैंकले ३० करोड १८ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । अपर तामाकोशीको यस दिन १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।