२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का



अ+ अ-

बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरिएको जनाएको छ ।

लिखित तथा मौखिकरुपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकरी दिनुभयो ।

यसरी बैंक खाता रोक्का गरिएकामध्ये आयकर वक्यौतातर्फ सातवटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धिकर वक्यौता तर्फका छ वटा व्यावसायिक फर्म रहेको उहाँले बताउनुभयो । कारबाहीमा परेका र राजस्व नबुझाएकासम्मले बैकिङ कारोबार गर्न नपाउने उक्त कार्यालयले जनाएको छ । यसैगरी चालु आर्थिक वर्ष २०७८/७९मा तोकिएको लक्ष्यभन्दा अत्यधिक राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । प्रमुख जिसीका अनुसार कार्यालयको विभिन्न शीर्षकमा रु पाँच अर्ब ७० करोड आठ लाख ५२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु छ अर्ब चार करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । अर्थात तोकिएको भन्दा एकसय छ प्रतिशत अत्यधिक राजस्व सङ्कलन सो कार्यालयले गरेको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार ३० गते सम्ममा आय करतर्फ रु एक अर्ब ११ करोड ४२ लाख ७३ हजार, घरबहाल करतर्फ रु दुई करोड ७६ लाख ७२ हजार ,ब्याजकरतर्फ रु पाँच करोड छ लाख ४२ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ९९ करोड ३६ लाख ९७ हजार, अन्तशुल्क करतर्फ रु तीन अर्ब २४ करोड ७१ लाख ८८ हजार र स्वास्थ्य करतर्फ रु ६१ करोड ४३ लाख १० हजार राजस्व सङ्कलन भएको जनाइएको छ ।

सो अवधिमा कार्यालयको आयखकरतर्फ रु एक अर्ब १२ करोड ९४ लाख ११ हजार,घरबहाल करतर्फ रु तीन करोड ५३ लाख ७८ हजार, ब्याज करतर्फ रु छ करोड ४० लाख, मूल्यअभिवृद्धि करतर्फ रु एक अर्ब ३३ करोड ४२ लाख, अन्तशुल्क करतर्फ रु दुई अर्ब ९८ करोड ८६ लाख ३६ हजार र स्वास्थ्य करतर्फ रु १४ करोड ९२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको बताइएको थियो ।