२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हप्ता भित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न बामदेव गौतमको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले एक हप्ता भित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नु भएको छ ।

सांसद गौतमले राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो पनि तत्काल लगाउन अध्यक्ष तिमिल्सिनाको पुनः ध्यानाकर्षण गराउनु भयो । राष्ट्रियसभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उहाँले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनु भयो ।

सांसद गौतमले भन्नु भयो, ‘मैले एउटा त भन्ने पर्ने भो । यो ज्येष्ठ सदस्यले सभापतित्व गर्ने दिगो विकास तथा सुशासन समितिको जतिसक्दो छिटो सभापति आउनु भएर उहाँलाई स्वागत गर्न पाए धेरै खुसी हुने थिँए । मैले केही दिन अगाडि पनि भनेको छु–चार वटा जम्मा समितिहरु छन राष्ट्रिसभामा । ३ वटा समितिमा सभापति छैनन् । त्यसो भएर यो समयलाई मैले सदुपयोग गर्दै फेरी आग्रह गर्न चाहन्छु–सम्माननीय अध्यक्ष महोदय, अध्यक्ष महादयले पहलकदमी लिएर पनि हुँदैन भने राष्ट्रियसभाको अवस्था कस्तो छ भनेर हामीले बुझ्नु पर्दछ । राष्ट्रियसभाका सदस्यहरु कहाँ आन्दोलन गर्न जानपर्ने हो ? जानुपर्छ । तर, साँच्चीकै ध्यान अध्यक्षको पुगेको छैन भने भन्न पर्ने अवस्था आयो । उहाँले ध्यान दिनुप¥यो । मेरो सुझाव छ–एक हप्ता भित्र राष्ट्रियसभाको उपाध्यक्षको पनि निर्वाचन होस् । र, हाम्रा ३ वटा खाली भएका समितिका सभापतिहरुको पनि टुंगो लगाइयोस् ।’

त्यस अवसरमा सांसद गौतमले ज्येष्ठ सदस्यको हैसियतमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्नु भएको थियो ।




भर्खरै