२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम अधिकारी गर्भनर अधिकारी होइनन्– एमाले



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्टीकरण दिएको छ ।

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको नाम उल्लेख भएपछि एम अधिकारी भनेको गभर्नर अधिकारी नै भएको भन्दै आलोचना भइरहेको छ ।

गभर्नर अधिकारीले भने एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफ्नो नाम जोडेर प्रचार भइरहेको भन्दै आफू कुनै पनि पार्टीको सदस्य नरहेको र त्यस्तो सोच्न पनि नसकिने बताएका छन् ।

गभर्नर अधिकारीको पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको उल्लेख गरेका छन् । उनले सरकारी सेवामा रहेकालाई पार्टीको कुनै पनि विभागमा राख्ने नीति पार्टीको नरहेको उनले स्पष्ट पारेका छन् ।

यद्यपि जवाफी पत्रमा एम अधिकारी गभर्नर अधिकारी होइन भनिए पनि एम अधिकारी को हुन् त भनी केही पनि बताइएको छैन ।

गभर्नर पार्टीको कार्यकर्ता हुन नमिल्ने भन्दै सत्ताधारी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका दलले गभर्नर अधिकारीको राजीनामा माग गरिरहेका छन् ।