५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक आर्थिक अराजकतातर्फ उन्मुख रहेको देखियो:सांसद भुसाल



अ+ अ-

काठमाडौ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव एवम् राष्ट्रियसभाका सांसद डा. बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

बिहीबार राष्ट्रिसभा बैठकमा बोल्दै महासचिव भुसालले चालू आर्थिक वर्षमा मात्रै बेरुजु १५.४६ प्रतिशतले बृद्धि भएको उल्लेख गर्दै मुलुकको आर्थिक परिसूचकप्रति चिन्ता व्यक्त गर्नु भएको हो । हिजो (बुधबार) महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको थियो । सो वार्षिक प्रतिवेदनमा उल्लेखित आर्थिक परिसूचकलाई हेर्दा मुलुक आर्थिक अराजकतातर्फ उन्मुख रहेको देखिएको महासचिव भुसालको निष्कर्ष छ । उहाँले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले मुलुकलाई सुशासनतर्फ जान नदिएको भन्दै आपत्ति समेत जनाउनु भयो । महासचिव भुसालले किसानले अझै मल पाउन नसकेको, मूल्यवृद्धि आकाशिँदा पनि सरकारले त्यसको आवश्यक व्यवस्था गर्न नसेकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘महंगीले आकाश छुदैछ । अहिलेसम्म पनि किसानहरुले पर्याप्त मात्रामा मल पाउन सकेका छैनन् । अहिले आएर बाढि पहिरोको समस्या बढदै गईरहेको छ । यी यावत विषयहरुमा हामीले छलफल गर्नुपर्ने हो, बोल्नुपर्ने हो । हिजो मात्रै महालेखा परीक्षकको प्रतिवेदन राष्ट्रपति महादेयसमक्ष बुझाइयो । त्यसले इंगित गरेको आर्थिक परिसूचक हेर्दाखेरी अर्को चिन्ता लाग्दो अवस्था छ ।

यो वर्षमात्रै १५.४६ प्रतिशत बेरुजु बढेको छ । यसले हाम्रो मुलुकको सुशासन कता जाँदैछ भन्ने कुरा संकेत गर्छ भन्ने मलाई लाग्दछ । हामीले सुशासनको कुरा गरिराखेका छौं । तर, बेरुजु बढदै गईरहेको छ । यसले सुशासन होईन, आर्थिक अराजकतातर्फ मुलुक गईरहेको छ भन्ने संकेत गर्छ भन्ने मलाई लाग्छ । यो विषयमा पनि छलफल गर्नुपर्ने हो ।’

महासचिव भुसालले सरकारी सञ्चार माध्यामहरुले समेत राष्ट्रियसभाको समाचारलाई महत्व नदिएको गुनासो समेत गर्नु भयो ।