• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

मुलुक आर्थिक अराजकतातर्फ उन्मुख रहेको देखियो:सांसद भुसाल



काठमाडौ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव एवम् राष्ट्रियसभाका सांसद डा. बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

बिहीबार राष्ट्रिसभा बैठकमा बोल्दै महासचिव भुसालले चालू आर्थिक वर्षमा मात्रै बेरुजु १५.४६ प्रतिशतले बृद्धि भएको उल्लेख गर्दै मुलुकको आर्थिक परिसूचकप्रति चिन्ता व्यक्त गर्नु भएको हो । हिजो (बुधबार) महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको थियो । सो वार्षिक प्रतिवेदनमा उल्लेखित आर्थिक परिसूचकलाई हेर्दा मुलुक आर्थिक अराजकतातर्फ उन्मुख रहेको देखिएको महासचिव भुसालको निष्कर्ष छ । उहाँले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले मुलुकलाई सुशासनतर्फ जान नदिएको भन्दै आपत्ति समेत जनाउनु भयो । महासचिव भुसालले किसानले अझै मल पाउन नसकेको, मूल्यवृद्धि आकाशिँदा पनि सरकारले त्यसको आवश्यक व्यवस्था गर्न नसेकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘महंगीले आकाश छुदैछ । अहिलेसम्म पनि किसानहरुले पर्याप्त मात्रामा मल पाउन सकेका छैनन् । अहिले आएर बाढि पहिरोको समस्या बढदै गईरहेको छ । यी यावत विषयहरुमा हामीले छलफल गर्नुपर्ने हो, बोल्नुपर्ने हो । हिजो मात्रै महालेखा परीक्षकको प्रतिवेदन राष्ट्रपति महादेयसमक्ष बुझाइयो । त्यसले इंगित गरेको आर्थिक परिसूचक हेर्दाखेरी अर्को चिन्ता लाग्दो अवस्था छ ।

यो वर्षमात्रै १५.४६ प्रतिशत बेरुजु बढेको छ । यसले हाम्रो मुलुकको सुशासन कता जाँदैछ भन्ने कुरा संकेत गर्छ भन्ने मलाई लाग्दछ । हामीले सुशासनको कुरा गरिराखेका छौं । तर, बेरुजु बढदै गईरहेको छ । यसले सुशासन होईन, आर्थिक अराजकतातर्फ मुलुक गईरहेको छ भन्ने संकेत गर्छ भन्ने मलाई लाग्छ । यो विषयमा पनि छलफल गर्नुपर्ने हो ।’

महासचिव भुसालले सरकारी सञ्चार माध्यामहरुले समेत राष्ट्रियसभाको समाचारलाई महत्व नदिएको गुनासो समेत गर्नु भयो ।