४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आन्तरिक र वैदेशिक ऋणमा वृद्धि, ऋणभार ४१ प्रतिशत पुग्योः महालेखा परीक्षक

आन्तरिक र वैदेशिक ऋणमा वृद्धि, ऋणभार ४१ प्रतिशत पुग्योः महालेखा परीक्षक
महालेखा परीक्षकको प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी
अ+ अ-

काठमाडौंः महालेखा परीक्षकको विभागले नेपालको आन्तरिक र वैदेशिक ऋणमा निरन्तर वृद्धि भएको जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष महालेखाले पेश गरेको वार्षिक प्रतिवेदनमा मुलुकको ऋण दाइत्व २०७०।७१ मा कुल गार्हस्थ्य उत्पादनको २८.५१ प्रतिशत रहेकामा २०७७।७८ को अन्तिममा ४०.७३ प्रतिशत पुगेको उल्लेख छ ।

विनिमय दरको अधिमूल्यनले ऋण दायित्वमा थप चाप परिरहेको पनि विभागको भनाई छ ।

सरकारले ऋणको उपादेयता, आवश्यकता, ऋणबाट पर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन प्रभाव, ऋणका शर्त समेतको विश्लेषण गरी प्रतिफलयोग्य ऋण लिने र सो ऋणको प्रभावकारी व्यवस्थापन गर्न विभागले सुझाव दिएको छ ।

ऋणको अभिलेख, लेखाङ्कन र प्रतिवेदन प्रणालीलाई व्यवस्थित गर्नुपर्ने अवस्था देखिएको पनि विभागको भनाई छ ।

विभागले भनेको छ, नेपाल राष्ट्र बैङ्कको प्रतिवेदन बमोजिम गैरसरकारी क्षेत्रमा पनि ऋणको उच्च विस्तार भएको जनाउँदै विभागले उच्च ऋण विस्तारको अनुपातमा आर्थिक वृद्धि नहुँदा, ऋण उत्पादनसँग आबद्ध नहुँदा, ऋण रकम उत्पादनभन्दा आयात, उपभोग र व्यापारमा प्रयोग हुनाले मुद्रास्फिती बढ्न गएको अवस्था छ ।

निर्दिष्ट प्रयोजनमा भन्दा ऋण रकमको प्रयोग जग्गा, उपभोग लगायतका अनुत्पादक क्षेत्रमा भइरहेको प्रवृत्तिलाई नियन्त्रण गर्न र ऋणलाई उत्पादनसँग जोड्न आग्रह गरिएको छ ।