४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो (पूर्णपाठ)

सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो (पूर्णपाठ)
अ+ अ-

काठमाडौं । नेपाल सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।
बुधवार महालेखापरीक्षको कार्यालयले ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको देखाएको हो । महालेखापरीक्षक कार्यालयका महालेखापरीक्षक टंकमणि शर्मा दङ्गालले प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो एक वर्षमै सरकारको बेरुजु १ खर्ब १५ अर्ब ५ करोड ५० लाख बढेको बताउनु भयो ।

उहाँले महालेखारीक्षकले लेखापरीक्षण गर्दा संघीय सरकारी कार्यालयतर्फ ४९ अर्ब ४७ करोड ७ लाख, प्रदेश सरकारी कार्यालयमा ७ अर्ब ४८ करोड ११ लाख , स्थानीय तहतर्फ ४३ अर्ब ९० करोड ९५ लाख र समितिहरुतर्फ १४ अर्ब १९ करोड ३७ लाख गरी तीन तहमा गरेर १ खर्ब १५ अर्ब ५ करोड ५० लाखको बेरुजु निस्किएको बताउनु भयो । महालेखारीक्षक शर्माले संघीय मन्त्रालय तथा निकायहरु ३,२८७ निकायको २८ खर्ब २० अर्ब ३७ करोड ३८ लाखको परीक्षण गर्दा बेरुजु ४९ अर्ब ४७ करोड ७ लाख अर्थात १.७५ प्रतिशत बेरुजु देखिएको बताउनु भयो ।

उहाँले प्रदेश तर्फको २.५० प्रतिशत र स्थानीय तह तर्फको ४.१८ प्रतिशत बेरुजु बढेको बताउनु भयो । शर्माले समग्र ५ हजार ६ सय ६५ वटा निकायको ४३ खर्ब ७७ अर्ब १७ करोड १६ लाखको परीक्षण गर्दा १ खर्ब १५ अर्ब ५ करोड ५० लाख अर्थात २.६३ प्रतिशत बेरुजु रहको बताउनु भयो । उहाँले यो वर्ष लेखा परीक्षण गर्दा अघिल्लो आर्थिक वर्षदेखि म्याद ननागेको पेस्कीलाई अथवा फस्र्यौट गर्न बाँकी भएको पेस्कीलाई बेरुजी कायम नगरिएको बताउनु भयो । महालेखापरीक्षक शर्माले म्याद नागेको पेस्कीलाई मात्रै बेरुजु कायम गरिएको र म्याद ननागेको पेस्कीलाई समेत लेखापरीक्षण गर्दा अझ बेरुजु बढ्ने अवस्था रहेको बताउनु भयो । उहाँले विगतको फछ्र्याेट तथा सपरीक्षणबाट बाँकी रहेको ३ खर्ब ६८ अर्ब ५४ करोड १४ लाख र गत आर्थिक वर्ष २०७७/७८ को १ खर्ब १५ अर्ब ५ करोड ५१ लाख बेरुजु थप हुँदा कुल बेरुजु ४ खर्ब ८३ अर्ब ४९ करोड ६५ लाख पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ लेखापरीक्षण गर्दा बेरुजुको अवस्था संघीय सरकारी कार्यालयतर्फ ४९ अर्ब ४७ करोड ७ लाख छ । प्रदेश सरकारी कार्यालयमा ७ अर्ब ४८ करोड ११ लाख छ । स्थानीय तहतर्फ ४३ अर्ब ९० करोड ९५ लाख र समितिहरुतर्फ १४ अर्ब १९ करोड ३७ लाख गरेर जम्मा तीन नै तहको लेखा परीक्षण गर्दा १ खर्ब १५ अर्ब ५ करोड ५० लाखको बेरुजु निस्किएको छ । प्रतिशतको हिसावमा संघीय मन्त्रालय तथा निकायहरुको ३२८७ निकायको २८ खर्ब २० अर्ब ३७ करोड ३८ लाखको परीक्षण गर्दा बेरुजु ४९ अर्ब ४७ करोड ७ लाख छ जो १.७५ प्रतिशत हुन्छ । त्यस्तै प्रदेश तर्फको २.५० प्रतिशत र स्थानीय तह तर्फको ४.१८ प्रतिशत हुन्छ । समिति र अन्य संस्थाहरुको ६.८९ प्रतिशत हुन्छ ।

समग्रमा एभरेजमा ५ हजार ६ सय ६५ वटा निकायको ४३ खर्ब ७७ अर्ब १७ करोड १६ लाखको परीक्षण गर्दा १ खर्ब १५ अर्ब ५ करोड ५० लाख बराबर २.६३ प्रतिशत हुन्छ । चार वर्ष अगाडि ५.४१ थियो । त्यसपछि ५.२९ त्यसपछि ४.०५ अघिल्लो ३ प्रतिशत रहेको थियो । अहिले २.६३ रहेको छ । लेखा परीक्षण गर्दा अघिल्लो आर्थिक वर्षदेखि म्याद ननाघेको पेस्कीलाई अथवा जसको फस्र्यौट गर्न बाँकी छ त्यस्तो पेस्कीलाई बेरुजी कायम गरिएको छैन । म्याद नागेको पेस्कीलाई मात्रै बेरुजु कायम गरिएको छ । म्याद ननागेको पेस्की समेतको लेखापरीक्षण ग¥यो भने बेरुजुको अंक बढी हुनसक्छ । अहिलेसम्मको सम्पूर्ण बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६३ लाख अघिल्लो सालसम्म ४ खर्ब १८ अर्ब ८५ करोड ५ लाख थियो । यो वर्ष फस्र्यौट थपघटबाट ५० अर्ब २७ करोड ६३ लाख र खुद बाँकी ३ खर्ब ६८ अर्ब ५४ करोड १४ लाख बाँकी थियो । चालु वर्षमा १ खर्ब १५ अर्ब ५ करोड ५१ लाख थपिएपछि ४ खर्ब ८३ अर्ब ५९ करोड ६५ लाख बेरुजु देखियो ।’

महालेखापरीक्षक शर्माले सरकारका देशैभरी रहेका ३ हजार २ सय ८७ निकायको लेखापरीक्षण गरिएको बताउनु भयो । उहाँले ३ हजार २ सय ८७ निकायको लेखापरीक्षण गर्दा २८ खर्ब २० अर्ब ३८ करोड बराबरको कारोबार भएको बताउनु भयो । महालेखापरीक्षक शर्माले ५ हजार ७५८ निकायको लेखापरीक्षण गर्दा ७५ खर्ब ३३ अर्ब ९ करोड अन्य ३१ संस्थाको गरेर कुल ११ खर्ब ५२ अर्ब ७६ करोडका भएको बताउनु भयो । उहाँले सरकारको खर्चको विश्लेषण गर्दा चालु खर्च ९९ प्रतिशत,पुँजीगत खर्च ६४ प्रतिशत,वित्तीय व्यवस्थापन ७० प्रतिशत भएको पाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारकार ३२ सय ८७ निकायको लेखापरीक्षण भएको छ । ३२८७ निकायको लेखा परीक्षण गर्दा २८ खर्ब २० अर्ब ३८ करोड बराबरको कारोबार भएको छ । प्रदेश मन्त्रालय तथा निकायहरु १०१३१ कार्यालयहरुको २ खर्ब ९९ सय अर्ब ५७ करोड , त्यस्तै स्थानीय तह ७९९ को १० खर्ब ५१ अर्ब १० करोड त्यस्तै समिति र अन्य संस्थाहरु ४४८ वटाको २ खर्ब ६ अर्ब ११ करोड र सार्वजनिक संस्थाहरु ९३ वटाको १ खर्ब ५५ अर्ब ९३ करोड गरी सबै गरेर ५ हजार ७५८ निकायको लेखापरीक्षण गर्दा ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखापरीक्षण सम्पन्न भएको छ । अन्य अतिरिक्त अन्य ३१ संस्थाको गरेर कुल ११ खर्ब ५२ अर्ब ७६ करोडको भएको छ । कुल २०७७÷७८को परीक्षण ८६ खर्ब ८५ अर्ब ८५ करोड लेखापरीक्षण सम्पन्न भएको छ । खर्चको विश्लेषण गर्दा चालु खर्च ९९ प्रतिशत,पुँजीगत खर्च ६४ प्रतिशत,वित्तीय व्यवस्थापन ७० प्रतिशत भएको छ ।’

महालेखापरीक्षक शर्माले आर्थिक वर्ष २०७७÷०७८ मा अद्यावधिक कारबाही समेत गरेर टुङ्ग्याउनुपर्ने रकम भने ८ खर्ब २९ अर्ब १५ करोड पुगेको बताउनु भयो । उहाँले अघिल्लो वर्ष सम्ममा बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रहेकोमा फछ्र्याैट रकम घटाई यो वर्ष थप भएको रकम जोड्दा ४ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘लेखा परीक्षण वक्यौता अघिल्लो वर्ष १८ करोड थियो । यो वर्ष ११ करोड पुरानो लेखापरीक्षण भएको छ । ६ अर्ब बराबरको परीक्षण हुन बाँकी छ । राजश्व वक्यौता ३ खर्ब १२ अर्ब ६१ करोड ६ लाख रहेको छ । सोधभर्ना लिन बाँकी ११ अर्ब ५६ करोड छ । वैदेशिक ऋणको सोधभर्ना लिनलाई १२ अर्ब ३६ करोड रहेको छ । यो सबै जोड्दा ३ खर्ब ४५ अर्ब ५६ करोड ३ लाख हुन्छ । बेरुजु ४ खर्ब ८३ अर्ब र वक्यौता रकम जोड्दा ३ खर्ब ४५ अर्ब छ भने अहिलेसम्म टुङ्गो लगाउन बाँकी ८ खर्ब २९ अर्ब १५ करोड ६८ लाख हुन्छ । अघिल्लो सालसम्म हामीले ६ खर्ब ७६ अर्ब भनिरहेका थियौं । अहिले बेरुजु र राजश्व वक्यौता ९७ अर्बले बढेकाले जम्मा १ खर्ब ५३ अर्ब अघिल्लो वर्षको बाँकीमा देखिएको छ ।’

महालेखापरिक्षकको प्रतिवेदन अनुसार लेखापरीक्षण भएका ७४४ स्थानीय तहको बेरुजु रकम ५ खर्ब ९७ अर्ब ४८ करोड ५१ लाख पुगेको छ भने प्रदेशको ८ अर्ब ३८ करोड ५४ लाख बेरुजु रहेको देखाएको हो ।

 

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/07/I2w-सारांश-महालेखापरीक्षकको-उनन्_साठीऔँ-वार्षिक-प्रतिवेदन-२०७९.pdf” title=”I2w-सारांश, महालेखापरीक्षकको उनन्_साठीऔँ वार्षिक प्रतिवेदन, २०७९”]