७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न

सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्ष मिस्टर महानगरको उपाधि सगेन्द्र सिंहलाई प्रदान गरेको छ । काठमाडौँ महानगरपालिका–२२ ले आयोजना गरेकोे मिस्टर महानगरको दोस्रो संस्करणको उपाधि सिंहलाई प्रदान गरिएको हो ।

मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिजिकल फिटनेस सेन्टरका सिंहले ७५ किलोभन्दा माथिको तौल समूहबाट उपाधि हासिल गर्नुभएको हो । उहाँले तौल समूहको प्रतिस्पर्धामा रु एक लाख र ओभरअल प्रतिस्पर्धाबाट दोस्रो ‘मिस्टर महानगर’को उपाधिसहित रु पाँच लाख र ट्रफी र ब्यानेट प्राप्त गर्नुभएको छ ।

गत वर्ष सम्पन्न पहिलो प्रतियोगितामा ग्रेस महर्जनले पहिलो ‘मिस्टर महानगर’ उपाधि प्राप्त गर्नुभएको थियो । विजेतालाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगिताको ओभरअल प्रतिस्पर्धामा रु ५५ किलो तौल समूहबाट जिमटारका सविन चौलागाईं, ६० किलो तौल समूहबाट फिटएक्स जिमका अमृत गहतराज, ६५ किलो तौल समूहबाट फिटनेस ग्यारेज थापाथलीका नवराज डुम्ब्रे, ७० किलो तौल समूहबाट ग्यारेजकै माधव सुवेदी, ७५ किलो तौल समूहबाट नेपाल व्यायाम मन्दिरका क्षितिज थापा र ७५ किलो भन्दा माथिको तौल समूहबाट डिभाइनका रुपमा सिंहले प्रतिस्पर्धा गर्नुभएको थियो ।

महिला फिजिक्सतर्फ एनआरके फिटनेसकी सीता खत्रीले प्रथम स्थान हासिल गर्नुभयो । उहाँलाई नगद रु एक लाख २५ हजारसहित पदक र सम्मान पत्र प्रदान गरिएको छ । यस वर्ष पुरुषतर्फ नौ विधामा प्रतिस्पर्धा भएको थियो । एथलेटिक्स फिजिक्सतर्फ दुई विधामा प्रतिस्पर्धा भएको थियो । महिलातर्फ एथलेटिक्स फिजिक्सअन्तर्गत प्रतिस्पर्धा गराइएको थियो ।

एथलेटिक्स फिजिक्सतर्फ पुरुष र महिला दुवै विधामा प्रथम पुरस्कार रु एक लाख २५ हजार, दोस्रोदेखि पाँचौँ स्थानसम्म क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार तथा रु १० हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।