१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं

अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
अ अ+ अ-

काठमाडाैँ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको हो ।

सहकारीमा आफूले ठगेको पैसा जनताको करबाट तिर्ने काम शुरु गर्ने वित्तिकै वर्तमान सरकारको दशा शुरु हुने र व्यवस्था पनि नरहने संयोजक प्रसाईंको भनाई थियो । उहाँले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि आफूले नेकपा (एमाले)लाई जस्तै नांगेझार पार्ने पनि बताउनु भयो । मुलुकमा अब आन्दोलन हुने भन्दै संयोजक प्रसाईंले त्यसले पिँध नभएको गमला जस्तो वर्तमान शासन व्यवस्था जाने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जसरी एमाले नांगो बनाएको थिए नि । तिमीहरुलाई त्यसरी नै दुर्गा प्रसाईंले नांगो बनाएर हिजो तिमीहरुले जसरी हरेकको घरमा आँगो लगाएका थियौ नि । यस्तो थियो नि सर्पोटरको घरमा पनि आगो लगाएका थियौ नि । अब कन्टेन्ट क्रियटर राखेको रहेछ–२,४ जनालाई पैसा दिएर । उनीहरुको काम नै मुख छाड्ने । अब एकदम नै मुख छाडने । ती सबैका घर मान्छेले वाच गरेका छन । भोली के हुन्छ ? अर्को आन्दोलन भयो भने त्यो सोच्नु होला । त्यो सोच्नु होला, आन्दोलन हुन्छ । व्यवस्था जान्छ । यो पिँध नभएको भाँडो छ नि गमला जस्तो भाँडो । यो जानेवाला छ । एउटा कुरा बुझ्न्–जानीजानी सहकारी ठगेको छ । स्वास्थ्य बीमा गरेको २२ अर्ब पैसा हामी प्राईभेट हस्पिटलले पाएको छैन । दश अर्व दुध किसानको पैसा तिर्न बाँकि छ । किसानले मल पाएको छैन।  यिनीहरुले सहकारी ठगेको पैसामा बजेटमा छुट्टयाएर तिर्ने रे । ल तिर्न शुरु गर त । तिमीहरुले तिर्न शुरु गर्छौ नि । अनि तिमीहरुको दशा त्यहीबाट शुरु हुन्छ ।’

संयोजक प्रसाईंले किसानले मल नपाएको, दुध किसानले भुक्तानी नपाएको जस्ता विषयमा पनि सरकार गम्भिर नभएको आरोप पनि लगाउनु भयो ।