११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको वर्ष दिनः हवाई पूर्वाधारमा फड्को



(तस्बिरः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल/रासस)
अ+ अ-

काठमाडौँ । वर्तमान सरकार गठन भएको एक वर्षमा मुलुको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । विशेषगरी एक वर्षको अवधिमा हवाई पूर्वाधारले सफलता हासिल गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरबका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । उहाँले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा महत्वपूर्ण फड्को मारेको र यसले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले हवाई पूर्वाधार विकास र सेवा सुदृढिकरणमा प्राधिकरण लागि परेको बताउनुभयो ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले अवरोध भएको थियो । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहेपनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ ।

हालसम्म विमानस्थलको मुआब्जासहित रु ३१ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । हाल कुवेतको जजीरा एयरले उडान भरिरहेको भैरहवा विमानस्थलमा अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि चासो देखाएका छन् ।

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ । यो विमानस्थको भौतिक प्रगति करिब शतप्रतिशत भएको छ । लामोसमयदेखि चर्चामा रहेको बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सर्वोच्च अदालतको आदेशपछि अन्योलमा छ । तथापी प्रधानमन्त्रीसहित गठबन्धन दलका शीर्ष नेताहरुले हालै उक्त विमानस्थलको स्थलगत अवलोकन गरी पूर्ण क्षमताको अत्याधुनिक सुविधानसम्पन्न विमानस्थल निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा सूचीकृत निजगढ विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणमा रु एक खर्ब २० अर्ब लाग्ने अनुमान गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले यो परियोजनाको विस्तृत डिजाइन कार्य गरिरहेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा निर्माण मोडालिटीसम्बन्धी सिफारिस समिति बनिसकेको छ । निजगढ विमानस्थलको नाममा आठ हजार ५० हेक्टर जग्गा अघिग्रह गरिनुका साथै परियोजनाका लागि प्राधिकरणले रु तीन अर्ब खर्च गरिसकेको छ । परियोजनासँग जोडिएको द्रुत मार्गमा सरकारले रु दुई खर्ब लगानी भइसकेको छ ।

तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेको नौ महिने कार्यकालमा मन्त्रालयले उल्लेखनीय सुधारका कार्यक्रम गरेको छ । बतास समूहले व्यापारिक प्रयोजनका लागि हडपेको पशुपति धर्मशाला फिर्ता गर्नुका साथै नारायणहिटी सङ्ग्रहालयपरिसरको जग्गामा बतास समूहले बनाएको गैरकानूनी संरचना भत्काइएको छ । नेपाल वायुसेवा निगमभित्र देखिएको बेतिथि सुधारदेखि विमानस्थलको सेवा सुदृढिकरुण र नयाँ विमानस्थल निर्माणमा पनि देखिनेगरी काम भएको छ । मन्त्रालय र मातहन निकायलाई चुस्त र प्रभावकारी बनाउन नीतिगत सुधार सुशासनका लागि पनि उल्लेख्य प्रगति भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा टोकराज पाण्डेले बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्ष वर्ष २०७९/८० मा पर्यटन क्षेत्रको विकासका लागि रु ९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । जसमा हवाई क्षेत्रको पूर्वाधार विकासका लागि मात्रै रु १२ अर्ब २४ करोड बजेट विनियोजन भएको छ ।

रात्रि बेस अनुरुप हवाई उडान

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विद्यमान हवाई चाप न्यूनीकरण, सुरक्षित उडानका लागि विमानस्थलमा अत्याधुनिक उपकरण जडानदेखि विमानस्थलको क्षमता विस्तारको काम निरन्तर भइरहेको छ । विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउने प्रक्रिया अघि बढेको छ भने विमनस्थलको उत्तरतर्फको क्षेत्रमा पार्किङस्थल विस्तारको काम भइरहेको छ । विमानस्थलको हवाई सुरक्षा र सेवा सुदृढिकरणका लागि यही असारको दोस्रो सातादेखि एयरलाइन्सले आफ्नो अप्रेशन बेस अनुरुप काठमाडौँ बाहिरका गन्तव्यमा जहाज बिसान गरी उतैबाट पहिलो उडान सञ्चालन गरिरहेका छन् । अन्तर्राष्ट्रिय उडान २४ सै घण्टा तथा आन्तरिक उडान दैनिक १८ घण्टा सञ्चालनमा ल्याइएको छ ।

निःशुल्क सटल बस सेवा

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेशनमा निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएको यो सेवाले ट्याक्सीवालाबाट ठगिरहेका जनतालाई ठूलो राहत मिलेको छ । यात्रुको आवतजावतमा सहज भएको छ ।

वैदेशिक रोजगारीमा जाने यात्रु ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्ने व्यवस्था मिलाइएको छ । वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर बनाइएको छ । नेपाल वायु सेवा निगमले दैनिक ४० जना वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सस्तो दरको टिकट प्रदान गर्दै आएको छ ।

सुशासन, नीतिगत सुधार तथा सेवा क्षेत्रलाई गुणस्तर अभिवृद्धिका लागि पनि महत्वपूर्ण प्रगति भएको छ । वायु सेवा निगमलाई उकास्न केही सकारात्मक प्रयास थालिएको छ । निगम र प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ ९डेन्जरस गुड्स० कार्गो ओसारपोसार सम्झौता भएको छ । बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ ।

क्यासिनोबाट रु एक अर्ब असुल

पर्यटन मन्त्रालयले लामो समयसम्म बक्यौता नबुझाएका क्यासिनो सञ्चालकबाट करिब रु एक अर्ब असुलउपर गरेको छ । बाँकी रु दुई अर्ब ८८ करोड बक्यौता रकम नबुझाउने क्यासिनोको इजाजत रद्द गरिएको र त्यस विषय अदालतमा रहेको छ । बढी सङ्ख्यामा विदेशी पर्यटक भित्र्याउन विदेशस्थित नेपाली दूतावास, कूटनीतिक निकाय, गैरआवासीय नेपाली सङ्घलगायत निकाय र संस्थासँग साझेदारिमूलक कार्यक्रम अघि बढाइएको छ । मन्त्रालयका अनुसार कोभिड महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्रभावित होटललगायत पर्यटन व्यवसायसम्बन्धित व्यवसायिलाई आर्थिक वर्ष २०७९/८० को वाार्षिक इजाजत र नवीकरण दस्तुर छुटको व्यवस्था गरिएको छ ।

इयूको हवाई प्रतिबन्ध हटाउन पहल

पर्यटन मन्त्रालयले युरोपेली सङ्घले नेपाललाई लगाएको उडान प्रतिबन्ध फुकुवाका लागि चरणबद्ध छलफल भइरहेको जनाएको छ । नेपालले हवाई सुरक्षामा गरेको प्रगतिलाई लिएर इयूसँग प्रतिबन्ध फुकुवाका लागि पहल भइरहेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को अडिटले नेपालको हवाई क्षेत्रमा उल्लेख्य प्रगति भएको देखाएको छ ।

उडान सुरक्षा अटिटमा विश्वको औषत उडान सुरक्षा दर ६७ र एशिया प्यासिफिक दर ६३ प्रतिशत रहेकोमा सन्दर्भ नेपालले हवाई उडानको इतिहासमै पहिलो पटक ७०.१ प्रतिशत अङ्क प्राप्त गरेको र यो एशिया र विश्वको औषत अङ्क हवाई सुरक्षा तथा नियमनमा नेपालले गरेको प्रतिफल भएको प्राधिकरणले जनाएको छ ।

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदबहालीका क्रममा पहिलो निर्णय गर्दै विश्व सम्पदा सूचीमा रहेका स्वयंभू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको थियो । त्यस्तै कोभिड महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको र त्यसलाई उकास्न अध्ययन प्रतिवेदनसमेत तयार भइसकेकोले ती प्रतिवेदनका आधारमा कार्यन्वयन गरिने उल्लेख गर्नुभएको थियो ।

विदेशी पर्यटक बढे

कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ । पछिल्ला दिनमा पर्यटन क्षेत्र चालयमान बनेको छ भने पर्यटकीय गतिविधि पनि बढिरहेका छन् । यसलाई पुष्टि गर्ने दरिलो आधार भनेकै पर्यटक आगमनको आँकडा हो । सन् २०२२ को सुरुआती चरणदेखि विदेशी पर्यटक आगमनदर निरन्तर उकालो लागिरहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

पछिल्लो मे महिनामा ५३ हजार ६०८ र जुन महिनामा ४६ हजार बढी विदेशी पर्यटक भित्रिएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार कोभिड महामारीपछि अहिले पर्यटक आगमनमा करिब ७० प्रतिशत पुनरुत्थान भएको छ ।“पर्यटन समग्रमा ७० प्रतिशत पुनरुत्थान भइसकेको छ, यसमा भारत र बङ्गलादेशबाट नेपाल आउने पर्यटक बढेका छन् युरोपका केही मुलुकबाट पनि पर्यटक बढिरहेका छन् । आगामी वर्ष १० लाख पर्यटक पु¥याउने सरकारी लक्ष्य अनुरुप रणनीतिक योजनाको तयारीमा बोर्ड जुटेका छ ।” उहाँले भन्नुभयो । रासस