५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ५९.५४ अंकले वृद्धि



अ+ अ-

काठमाडौं । पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ ।

बुधवार नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५२ अंकले बढेको छ ।

बुधवार कारोबारमा आएका २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको छ । मंगलवारको तुलनामा बुधवार कारोबार रकम बढेको छ । मंगलवार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

बुधवार नेप्सेका १३ वटै उपसमूहहरुको सूचकमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको सूचक ६.९६ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक उपसमूहको परिसूचक ६.२५ अंकले बढेको छ भने व्यापार उपसमूह ५.३९ ,जलविद्युत ४.७१,अन्य उपसमूहको ४.७२ प्रतिशतले बढेको छ ।

बुधवारको कारोबारमा नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै,सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.९० प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.८२ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा शिवम सिमेन्टले ९ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एशियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।