२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता पहिलो संशोधन विधेयक संसदमा पेस



अ+ अ-

काठमाडौं । नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभामा पेस भएको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभा समक्ष पेस गर्नुभएको हो । गृहमन्त्री खाँणले संविधानको धारा १० मा कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चतता प्रदान गरिएको उल्लेख गर्नुभयो । उहाँले संविधानले निर्देश गरे बमोजिम नागरिकता सम्बन्धी विषयमा व्यवस्था गर्नको लागि नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरेको बताउनु भयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, ‘नेपालको संविधानको भाग २ अन्तर्गत धारा १० देखि १५ सम्म नागरिकता सम्बन्धी व्यवस्था गरिएकोमा उक्त धाराहरुमा व्यवस्था गरिएदेखि बाहेक नागरिकता सम्बन्धी अन्य विषयका हकमा संघीय कानून बमोजिम हुने व्यहोरा उल्लेखित छ । संविधानको धारा १० मा कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चतता प्रदान गरिएको छ । संविधानले निर्देश गरे बमोजिम नागरिकता सम्बन्धी विषयमा व्यवस्था गर्नको लागि नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक यस सम्मानित प्रतिनिधि सभा समक्ष पेस गर्दछु ।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले दिएको बिरोधको सूचना अस्वकिृत भएपछि गृहमन्त्री खाँणले नागरिकता सम्बन्धी संशोधित विधेयक प्रतिनिति सभामा प्रश्तुत गर्नुभएको थियो ।