![](https://newspolar.com/wp-content/uploads/2022/03/aartha_mantrlaya_KEWQ5HIHaa.jpg)
काठमाडौँ । बजेट निर्माण प्रक्रियामा पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनधिकृत मान्छेलाई संलग्नता गराएको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न गठित संसदीय समिति बुधबार अर्थ मन्त्रालयल जाने भएको छ ।
मंगलबारदेखि काम सुरु गरेको ११ सदस्यीय समिति सत्यतथ्य जानकारी लिन मन्त्रालय जाने भएको हो ।
बिचौलियालाई संलग्न गराई बजेट घोषणा हुनु एक दिनअघि करको दर हेरफेर गरेको भनी पूर्वअर्थमन्त्री शर्माविरुद्ध संसद् र बाहिर चर्को विरोध भएपछि उनले पदबाट राजीनमा दिएका थिए ।