• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo

राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ विदेश विभाग प्रमुख लिउको शिष्टाचार भेट



काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा दुई मुलुकबीचको बहुआयामिक सम्बन्धबारे छलफल भएको बताइएको छ । सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो ।

नेपालको चार दिने भ्रमणका क्रममा आइतबार आइपुग्नुभएका विदेश विभाग प्रमुख लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा खड्कासँग भेट गर्नुभएको थियो ।

सोमबार उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मंगलबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भेटवार्ता गर्नुभएको थियो ।

विदेश विभाग प्रमुख लिउ आजै स्वदेश फर्कने कार्यक्रम छ ।