८ श्रावण २०८३, शुक्रबार
,
Latest
झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन खैरो हेरोइनसहित चार जना पक्राउ सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको छ: सांसद सिंह



अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताउनुभएको हो । उहाँले जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने गरिएको र आफ्नो मान्छे भर्ती गर्ने गरिएको बताउनु भयो । उहाँले राजनीतिक नियुक्तिलाई दलीय आकांक्षा र दलीय स्वार्थको बनाउनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने । त्यहाँ दुहुनो गाईजस्तै भएको छ की, जो आयो आफ्नो मान्छे छिराउने, त्यहाँ दुहुने, अर्को सरकार आयो फेरि छिराउने । यस्तो नगरौँ । राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ । राष्ट्रिय स्वार्थको बनाऔँ । जनस्वार्थको बनाऔँ । राष्ट्रिय स्वार्थ बलियो भयो भने हामी त्यत्तिकै बलियो हुन्छौँ ।’

सांसद सिंहले इन्टरनेटको पहुँच गाउँ गाउँमा पुर्‍याउनुपर्ने बताउनु भयो । उहाँले तराईका पछाडी परेका समुदायसमक्ष सञ्चारको पहुँच सहज रुपमा पुर्‍याउनुपर्ने बताउनु भयो ।