२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ विदेश विभाग प्रमुख लिउको शिष्टाचार भेट



अ+ अ-

काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा दुई मुलुकबीचको बहुआयामिक सम्बन्धबारे छलफल भएको बताइएको छ । सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो ।

नेपालको चार दिने भ्रमणका क्रममा आइतबार आइपुग्नुभएका विदेश विभाग प्रमुख लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा खड्कासँग भेट गर्नुभएको थियो ।

सोमबार उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मंगलबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भेटवार्ता गर्नुभएको थियो ।

विदेश विभाग प्रमुख लिउ आजै स्वदेश फर्कने कार्यक्रम छ ।