६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार महिनाका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर



अ+ अ-

काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन् । बैंकहरूले अघिल्लो महिनाको तुलनामा औसतमा ०.१२ प्रतिशतले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

असार महिनाका लागि २० वाणिज्य बैंकमध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाएको छ भने ११ ले घटाएका छन् ।

असारमा हिमालयन बैंक,नबिल बैंक र माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ । हिमालयन बैंकले जेठमा ७.५ प्रतिशत ब्याजदर तोकेकोमा असारमा बढाएर ८.२५ प्रतिशत पुर्‍याएको छ ।

यस्तै, नबिल बैंकले ६.७५ प्रतिशतबाट ७ प्रतिशत पुर्‍याएको छ । माछापुच्छ्रे बैंकले ५.२६ प्रतिशत दिँदै गरेकोमा असारको लागि ७.५ प्रतिशत बनाएको छ ।

असारमा कृषि विकास, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टड र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सबैभन्दा न्यून ब्याजदर कृषि विकास बैंकको ५.६६ प्रतिशत र एभरेस्ट बैंकको ५.७५ प्रतिशत छ ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, एनएमबी र एनआईसी एसिया बैंकले भने ब्याजदर घटाएका छन् ।