८ असार २०८३, सोमबार
,
Latest
उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पोखरेलको राजीनामा माग्दै अनेरास्ववियु र युवा संघद्वारा प्रदेश सभा घेराउ



अ+ अ-

पोखरा । अनेरास्ववियु गण्डकी प्रदेश कमिटी र र राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग्दै प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् ।

गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा बजेट छुट्याएपछि विरोधस्वरुप उनीहरुले संयुक्त रुपमा गण्डकी प्रदेश सभा घेराउ गरेका हुन् ।

आगामी आवको बजेटमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको बुवाको नाममा खोलिएको ट्रष्टलाई ५० लाख र शिक्षामन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि एक करोड बजेट छुट्याइएको थियो ।

आलोचित भएका मुख्यमन्त्री पोखरेलले स्पष्टिकरण दिन बैठक बोलाइएको थियो । संसदभित्र बैठक जारी छ ।