७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारले ल्याएको अर्थनीति सही छ: सांसद देव



अ+ अ-

काठमाडौँ । सांसद जीतेन्द्रनारायण देवले वर्तमान सरकारले ल्याएको अर्थनीति सही भएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले सरकारको अर्थनीतिकै आधारमा नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले पनि मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा अघि बढेको देखाएको बताउनुभयो ।

“नेपाल श्रीलङ्काको बाटोमा गएको छैन, नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले सकरात्मक रुपमा अघि बढेको देखाएको छ”, उहाँले भन्नुभयो, “नेपालले लिएको अर्थनीति सही छ ।” उहाँले श्रीलङ्काको गलत अर्थनीति, आम भ्रष्टाचार, परिवारवाद र सरकारको गलत व्यवस्थापनले गर्दा अहिलेको अवस्था आएको तर नेपालको अवस्था त्यो नभएको बताउनुभयो । “नेपालले कस्ता प्रकृतिका ऋण लिने र कस्ता नलिने भन्ने बारेमा अर्थशास्त्री र राजनीतिक दलले छलफल गर्नुपर्छ”, उहाँले भन्नुभयो, “वीआरआई, एमसिसी वा अन्य सबै ऋण लिने कुरामा पहिला कस्तो ऋण हो, आवश्यक छ कि छैन भन्ने विषयमा बृहत परामर्श हुनुपर्छ, मित्रराष्ट्रलाई खुसी पार्न होइन ।”