७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले गर्यो सार्वजनिक लेखा समितिको बैठक बहिष्कार, सभापतिको राजीनामा माग



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको छ । समितिको नेतृत्व विपक्षी दलले पाउने भन्दै एमालेले नेपाली कांग्रेसको नेतृत्वमा रहेको समितिको बैठक बहिष्कार गरेको हो । साथै उसले समितिको सभापतिको राजीनामासमेत मागेको छ ।

मंगलबार बिहान ११ बजे बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो र बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सांसद गोकुल बाँस्कोटा सहभागी थिए ।

बैठकमा भट्टराई र बाँस्कोटाले विपक्षी दलले नेतृत्व पाउनुपर्ने लेखा समितिमा पछिल्लो एक वर्षदेखि सत्ताधारी कांग्रेसबाट सभापति भएको भन्दै बैठकमा बस्न नसकिने जानकारी गराएर बहिष्कार गरे ।

सभापति फेरिएपछि मात्रै समितिको बैठकमा भाग लिन सकिने एमालले अडान राखेको छ ।