८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका संकटः एम्बुलेन्स चलाउन समेत इन्धनको अभाव



अ+ अ-

एजेन्सी । श्रीलंकामा राजनीतिक र आर्थिक संकट गहिरिँदै गएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सचिवालयमा तोडफोड गर्दै बाहिर निस्कन अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री–राष्ट्रपतिले राजीनामा नदिएसम्म उनीहरु आन्दोलनबाट पछि नहट्ने जिकिर गरेका छन् ।

एम्बुलेन्स चलाउन पनि डिजेल–पेट्रोलको अभाव भएको छ । अवस्था यति नाजुक बनेको छ । एम्बुलेन्स सेवाले सर्वसाधारणलाई फोन नगर्न अनुरोध गरेको छ भने सेवा दिन नसकेकोमा क्षमा मागेको छ ।

यसैबीच, सभामुख महिन्दा यापा अभयवर्धनले राष्ट्रपति गोटबायाले देश छाडेको र बुधबारसम्म फर्कने जानकारी दिएका छन् । तर, पछि सभामुखले आफ्नो बयान फिर्ता लिँदै आफूले गल्तीले राष्ट्रपतिले देश छाडेको बताएको तर राष्ट्रपति श्रीलंकामा नै रहेको बताएका छन् ।

राष्ट्रपतिले बुधबार राजीनामा दिनेछन्
राष्ट्रपति गोताबाया राजापाक्षेले बुधबार पदबाट राजीनामा दिने सभामुखलाई जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको सम्झौता ढिलाइ हुने अपेक्षा गरिएको छ । वैदेशिक आर्थिक सहायता नहुँदा श्रीलंकाको अवस्था दिनानुदिन नाजुक हुँदै गइरहेको छ ।