१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरीमा डुबेर दुई जनाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका– ५ पिपरापूर्वस्थित पोखरीमा डुबेर एक किशोरीको ज्यान गएको छ ।

अत्यधिक गर्मी भएपछि साथीहरुसँग पोखरीमा नुहाउन गएकी स्थानीय जीवन सदाको १३ वर्षीय छोरी सेलरी सदाको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ मुसहरीको पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय लुराइ सदाको ३० वर्षीय छोरा रामउदगार सदा रहेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।