५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपरभित्र जबरर्जस्ती करणी गर्ने एकजना पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । टिपरभित्रै एक महिलालाई जबरर्जस्ती करणी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । थानकोटस्थित प्रहरी वृत्तको टोलीले चन्द्रागिरी नगरपालिका–७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा पार्किङ गरेको टिपरभित्र १७ वर्षीय एक महिलालाई जबरर्जस्ती करणी गर्ने दोलखा गौरीशङ्कर गाउँपालिका–८ निवासी ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई सोमबार पक्राउ गरेको हो ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ नेपालीले यही असार २४ गते राति रोकी राखेको रा १ ख २७३४ नम्बरको टिपरभित्र जबरर्जस्ती करणी गरेको खुल्न आएको जानकारी दिनुभयो ।

दोलखाबाट काठमाडौँ आएको उक्त टिपरले गौशालाबाट ती महिलालाई टिपरमा हालेर थानकोट ल्याएका थिए । थानकोटस्थित प्रहरी वृत्तका प्रमुख डिल्लीनारायण पाण्डेको नेतृत्वमा खटिएको टोलीले पीडित महिलाको उद्धार गरी उपचारका लागि प्रसूति गृहमा पठाएको प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो ।

पक्राउ परेका नेपालीलाई मुलुकी फौजदारीसंहिता २०७४ को करणीसम्बन्धी कसूरअन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेको जनाइएको छ ।




भर्खरै