२ चैत्र २०८१, शनिबार
March 15, 2025 Saturday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.73

Wind: 1.54

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको मुल्य



अ+ अ-

काठमाडौँ । आज साताको तेस्रो दिन (मंगलबार) नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले घटेर ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटि प्रतितोला ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार सुन प्रतितोला ९४ हजार सात सय रुपैयाँ र चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।