४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लगातार किन बढ्यो आयात ? यसो भन्छ केन्द्रीय बैंक

लगातार किन बढ्यो आयात ? यसो भन्छ केन्द्रीय बैंक
अ+ अ-

काठमाडौँ । निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ । यस आधारमा कूल वस्तु आयात रु १७ खर्ब ६३ अर्ब २२ करोड बराबर भएको छ ।

पछिल्ला केही महिनायता निर्यातमा उत्साहजनक वृद्धि भए पनि आयातको तुलनामा नगण्य नै रहेको छ । निर्यातको आधार सानो भएको तथा आयातको वृद्धि उच्च रहेका कारण व्यापार घाटा वृद्धि हुँदै गएको छ । आव २०७८/७९ को एघार महिनामा कूल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई रु एक खर्ब ८५ अर्ब ८४ करोड बराबर पुगेको छ ।

पेट्रोलियम पदार्थको आयात ८१ प्रतिशतले बढ्यो

केन्द्रीय बैंकका अनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयात ८१.१ प्रतिशतले वृद्धि भएको छ । कोरोना कालपछि हरेक क्षेत्रमा सक्रियता बढेपछि पेट्रोलियम पदार्थको आयातमा उल्लेख्य मात्रामा वृद्धि भएको हो । नेपालले आयात गर्ने प्रमुख वस्तुमा पेट्रोलियम पदार्थ, यातायात उपमकरण, मेसनिरी तथा पार्टस र औषधि छन् । कूल वस्तु आयातमा त्यस्ता वस्तुको हिस्सा करिब एक तिहाई बराबर छ ।

यस्तै, यातायातको उपकरण तथा पार्टुको आयात करिब दुई प्रतिशत, अन्य मेसिनरी तथा पार्टस्को आयात २२ प्रतिशत र औषधिको आयात १२४ प्रतिशतले वृद्धि भएको छ ।

आठ खर्ब ११ अर्ब विप्रेषण

केन्द्रीय बैंकका अनुसार चालु आवको दश महिनामा रु आठ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । चालु आवको सुरुवातदेखि नै विप्रेषण आप्रवाहमा अपेक्षाकृत रुपमा वृद्धि हुन सकेको थिएन । पहिलो नौ महिनासम्म विप्रेषण आप्रवाह घट्दै आएकामा दशौँ महिनामा सामान्य वृद्धि भएको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाहमा १.६ प्रतिशतले कमी आएको हो । केन्द्रीय बैंकका अनुसार गत फागुनमा रु ९१ अर्ब, चैतमा रु ९४ अर्ब र वैशाखमा रु ८७ अर्ब बराबरको विप्रेषण आप्रवाह भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्यामा उतसाहजनक वृद्धि हुँदै गएको छ ।

चालु आवको १० महिनामा अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा उल्लेख्य रुपमा वृद्धि भई दुई लाख ७८ हजार २९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८.४ प्रतिशतले घटेको थियो ।

भित्रनेभन्दा बाहिरिने पैसा बढी

केन्द्रीय बैंकका अनुसार देशभित्र भित्रने पैसा भन्दा बाहिरिने मुद्राको मात्रा बढिरहेको छ । आयातमा वृद्धि हुँदै गएको, विप्रेषणमा आप्रवाहमा सुधार हुन नसकेका कारण चालु खाता घाटा तथा शोधानान्तरमा चाप परेको छ । चालु आवको १० महिनामा चालु खाता रु पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु दुई खर्ब ५१ अर्ब २९ करोडले घाटामा थियो । यस्तै, शोधनान्तर स्थिति रु दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु सात अर्ब ७५ करोडले बचतमा थियो । चालु आवको सुरुवातदेखि नै चालु खाता घाटा विगत पाँच वर्ष भन्दा उच्च गतिमा विस्तार हुँदै आएको थियो । अघिल्लो आवमा चालु खाता घाटाको कूल उत्पादनसँगको अनुपात ७.८ प्रतिशत छ । चालु आवको १० महिनामा चालु खाता घाटा जीडीपीको अनुपात ११.३ प्रतिशत पुगेको छ ।

यस्तो अनुपात सन् २०२२ मा बङ्गलादेशमा ३.२ प्रतिशत, भुटानमा १०.६ प्रतिशत, भारतमा २.९ प्रतिशत, पाकिस्तानमा ५.३ प्रतिशत र श्रीलङ्कामा ७.१ प्रतिशत रहने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

मुलुकको बाह्य क्षेत्रमा परेको चापले विदेशी विनिमय सञ्चिति व्यवस्थापनमा चुनौती थपेको छ । चालु आवको १० महिनामाम विदेशी विनिमय सञ्चितिमा करिब २.४७ अर्ब अमेरिकी डलरले कमी आई ९.२८ अर्ब डलर कायम भएको छ । यस्तो सञ्चिति ६.६ महिनाको वस्तु तथा सवा आयातका लागि प्रर्याप्त हुने देखिन्छ ।आयात गर्ने क्षमताका आधारमा उक्त सञ्चिति विगत ६ वर्षयताकै न्यून छ ।

केन्द्रीय बैंकले दिएको जानकारीअनुसार सन् २०२१ मा बङ्गलादेशमा ६.२९ प्रतिशत, भारतमा ९.८३, चीनमा ११.६६, मालदिभ्समा २.४२ र पाकिस्तानमा ३.३६ महिनाको आयातका लागि प्रर्याप्त हुने विदेशी विनिमय सञ्चिति रहेको थियो । पछिल्लो समयमा नेपाली मुद्राको अमेरिकी डलरसँग भइरहेको अवमूल्यनले मुद्रास्फिति नियन्त्रणमा चुनौती थप्ने जोखिम छ ।

केन्द्रीय बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असार २० गतेसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.९ प्रतिशतले अवमूल्यन भएको छ । रासस