५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी

मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी
अ+ अ-

बागमती । पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ ।

लिखित र मौखिकरुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ । सो गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ ।

ती उद्योगले गाउँपालिकालाई रु एक करोड ५४ लाख राजस्व दाखिला गर्नुपर्ने भएको तर दाखिला नगरेकाले तालाबन्दी गर्नुपरेको उपाध्यक्ष नेपालीले जानकारी दिनुभयो । मकवानपुरगढी गाउँपालिका–५ स्थित साइबाबा क्रसर उद्योगले रु २८ लाख, आधुनिक क्रसर उद्योगले रु २३ र आमभञ्ज्याङ एग्रिगेरले रु २८ लाख तिर्न बाँकी छ ।

त्यस्तै मकवानपुरगढी–२ स्थित नमूना बालुवा उद्योगले रु ३० लाख तथा मकवानपुरगढी वडा नं ६ मा रहेको सामरी खोला बालुवा उद्योगले रु ४५ लाख राजस्व भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । ती उद्योगले असार १५ गतेसम्म भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको पालना नभएपछि बाध्य भएर तालाबन्दी गरिएको गाउँपालिका आर्थिक विकास समितिका संयोजक रहनुभएका सो गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईंले बताउनुभयो ।