२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक अर्ब लगानीमा पटिहानीमा रिसोर्ट निर्माण



अ+ अ-

काठमाडौँ । चितवनको पटिहानीमा रहेको रिभरसाइड रोयल गार्डेन रिसोर्ट अब ‘सोल्टी वेस्टेन्ड रिसार्ट चितवन’ को नामबाट सञ्चालन हुने भएको छ ।

भरतपुर महानगरपालिका–२२ मा निर्माण सम्पन्न भएको सो रिसोर्टलाई सोल्टी होटलले व्यवस्थापन गर्ने भएपछि रिसोर्टको पनि नाम परिवर्तन गरिएको हो । रिसोर्टका अध्यक्ष कल्याण जोशी र सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सो रिसोर्टमा अहिलेसम्म एक अर्ब रुपैयाँ लगानी भइसकेको बताइएको छ । कूल पाँच बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा ४० वटा कोठा र १२ भिल्ला रहेका छन् । लग्जरी रिसोर्ट आवश्यकता पूरा गर्ने यो रिसोर्टमा अतिथिलाई सम्पूर्ण सेवा उपलब्ध हुने बताइएको छ । रिसोर्टमा स्विमिङ पुलको पनि व्यवस्था छ ।

सात वटै प्रदेशमा आफ्नो सेवा विस्तार गरिरहेको सोल्टी होटलले व्यवस्थापनका माध्यमबाट चितवनमा सेवा सुरु गरेको हो । उसको नेपालगञ्चमा आफ्नै पाँचतारे होटल पनि छ ।

सन् २०१७ देखि निर्माण सुरु भएको सो रिसोर्टलाई आगामी साउन ३० गतेबाट सञ्चालनमा ल्याइने बताइएको छ ।