९ श्रावण २०८३, शनिबार
,
Latest
सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक अर्ब लगानीमा पटिहानीमा रिसोर्ट निर्माण



अ+ अ-

काठमाडौँ । चितवनको पटिहानीमा रहेको रिभरसाइड रोयल गार्डेन रिसोर्ट अब ‘सोल्टी वेस्टेन्ड रिसार्ट चितवन’ को नामबाट सञ्चालन हुने भएको छ ।

भरतपुर महानगरपालिका–२२ मा निर्माण सम्पन्न भएको सो रिसोर्टलाई सोल्टी होटलले व्यवस्थापन गर्ने भएपछि रिसोर्टको पनि नाम परिवर्तन गरिएको हो । रिसोर्टका अध्यक्ष कल्याण जोशी र सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सो रिसोर्टमा अहिलेसम्म एक अर्ब रुपैयाँ लगानी भइसकेको बताइएको छ । कूल पाँच बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा ४० वटा कोठा र १२ भिल्ला रहेका छन् । लग्जरी रिसोर्ट आवश्यकता पूरा गर्ने यो रिसोर्टमा अतिथिलाई सम्पूर्ण सेवा उपलब्ध हुने बताइएको छ । रिसोर्टमा स्विमिङ पुलको पनि व्यवस्था छ ।

सात वटै प्रदेशमा आफ्नो सेवा विस्तार गरिरहेको सोल्टी होटलले व्यवस्थापनका माध्यमबाट चितवनमा सेवा सुरु गरेको हो । उसको नेपालगञ्चमा आफ्नै पाँचतारे होटल पनि छ ।

सन् २०१७ देखि निर्माण सुरु भएको सो रिसोर्टलाई आगामी साउन ३० गतेबाट सञ्चालनमा ल्याइने बताइएको छ ।

 




भर्खरै