१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृगस्थलीमा राष्ट्रगुरु योगी नरहरिनाथको प्रतिमामा प्राण प्रतिष्ठा



अ+ अ-

काठमाडौं । पशुपति क्षेत्रस्थित मृगस्थलीमा राष्ट्रगुरु योगी नरहरिनाथको अर्धकदको प्रतिमा (मूर्ति) प्राण प्रतिष्ठा गरिएको छ । प्रतिमालाई प्राण प्रतिष्ठा गर्न पाँचदिने अनुष्ठान असार २१ गतेदेखि मृगस्थलीमा सुरु भएको थियो । शालिक योगी नरहरिनाथ बृहद् आध्यात्मिक परिषद्ले तयार पारेको हो ।

प्रतिमा तयार पार्न रु आठ लाख खर्च लागेको परिषद्का ऋषिकेशजङ्ग शाहले राससलाई जानकारी दिनुभयो । तयार पारिएको शालिक प्राण प्रतिष्ठा पनि परिषद्कै सक्रियतामा भएको हो । मूर्ति प्राण प्रतिष्ठा अनुष्ठानको असार २१ गते पूर्वाङ्गसहित जलावास गरिएको थियो । पाँचदिने अनुष्ठानका क्रममा असार २२ गतेदेखि वस्त्रावास, फलावास, अन्नावास, फूलावास, द्रव्यावास सम्पन्न गरी आज प्रतिमाको प्राण प्रतिष्ठा गरिएको हो ।

अनुष्ठानअन्तर्गत असार २१ गतेदेखि गरिएको हवनको आज पूर्णाहुति समेत गरिएको छ । अनुष्ठानका क्रममा लक्षहोम गरिएको थियो । सबै विधि पूरा गरी आज दशमीको शुभसाइतमा प्रतिमामा प्राण प्रतिष्ठा गरिएको हो । कार्यक्रममा योगी शिरीषनाथ, बलभद्रनाथ, पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारी, पूर्वसांसद शङ्करप्रसाद पाण्डेसहित विभिन्न सन्त महन्तको उपस्थिति रहेको थियो । प्राण प्रतिष्ठामा गुरुकूलका वटुकले स्वस्ति वाचन गर्नुभएको थियो । रासस