९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृगस्थलीमा राष्ट्रगुरु योगी नरहरिनाथको प्रतिमामा प्राण प्रतिष्ठा



अ+ अ-

काठमाडौं । पशुपति क्षेत्रस्थित मृगस्थलीमा राष्ट्रगुरु योगी नरहरिनाथको अर्धकदको प्रतिमा (मूर्ति) प्राण प्रतिष्ठा गरिएको छ । प्रतिमालाई प्राण प्रतिष्ठा गर्न पाँचदिने अनुष्ठान असार २१ गतेदेखि मृगस्थलीमा सुरु भएको थियो । शालिक योगी नरहरिनाथ बृहद् आध्यात्मिक परिषद्ले तयार पारेको हो ।

प्रतिमा तयार पार्न रु आठ लाख खर्च लागेको परिषद्का ऋषिकेशजङ्ग शाहले राससलाई जानकारी दिनुभयो । तयार पारिएको शालिक प्राण प्रतिष्ठा पनि परिषद्कै सक्रियतामा भएको हो । मूर्ति प्राण प्रतिष्ठा अनुष्ठानको असार २१ गते पूर्वाङ्गसहित जलावास गरिएको थियो । पाँचदिने अनुष्ठानका क्रममा असार २२ गतेदेखि वस्त्रावास, फलावास, अन्नावास, फूलावास, द्रव्यावास सम्पन्न गरी आज प्रतिमाको प्राण प्रतिष्ठा गरिएको हो ।

अनुष्ठानअन्तर्गत असार २१ गतेदेखि गरिएको हवनको आज पूर्णाहुति समेत गरिएको छ । अनुष्ठानका क्रममा लक्षहोम गरिएको थियो । सबै विधि पूरा गरी आज दशमीको शुभसाइतमा प्रतिमामा प्राण प्रतिष्ठा गरिएको हो । कार्यक्रममा योगी शिरीषनाथ, बलभद्रनाथ, पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारी, पूर्वसांसद शङ्करप्रसाद पाण्डेसहित विभिन्न सन्त महन्तको उपस्थिति रहेको थियो । प्राण प्रतिष्ठामा गुरुकूलका वटुकले स्वस्ति वाचन गर्नुभएको थियो । रासस