• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

अर्थमन्त्री प्रकरण: संवैधानिक सर्वोच्चता कायम गरेर अनुसन्धान- समिति सदस्यहरु



काठमाडौं ।पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिका सदस्य एवं नेकपा (एमाले) का सांसद खगराज अधिकारीले आफूहरुले संवैधानिक सर्वोच्चता कायम गरेर अनुसन्धान गर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले पूर्व अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा नियम, कानूनहरुको पालना नगर्नु अक्षम्य रहेको बताउनु भयो । उहाँले कानून र संविधानभन्दा माथि व्यक्ति नहुने भन्दै संविधानको सर्वोच्चतालाई कायम गरेर अनुसन्धान गर्ने बताउनु भयो । उहाँले आफूहरुलाई कसैलाई दोषी करार गरेर बदला लिनु नपरेको उल्लेख गर्दै पूर्वाग्रह राखेर काम नगर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘छानबिन गर्नुपर्ने सबै कुराको छानबिन गर्छौं । सञ्चार क्षेत्रले पनि तथ्य प्रमाण उपलब्ध गराउनुप¥यो । कसैलाई दोषी करार गरेर हामीले बदला लिनुछैन । कोही दोषी फलानो होस् भन्ने कुरा होइन, सिस्टमलाई हामीले कसरी सम्हाल्ने र सिस्टमप्रतिको विश्वसनीयता कसरी जनसमथर्नमा कायम गरिरहने भन्ने नै हाम्रो मुख्य विषय हुन्छ । जसले त्यो ठाउँमा भएर राज्यको प्रतिनिधित्व गर्दा नियम, कानूनहरुको परिपालना गरेन । त्यो नगर्दाखेरी र बलमिच्याँई गरेर ठाडो चुनौती दियो । त्यो कुरा अक्षम्य थियो । व्यक्ति कानूनभन्दा माथि हुँदैन । संविधान भन्दा माथि कोही पनि होइन । यो कुराको सर्वोच्चता कायम गर्ने गरेरै हामी अनुसन्धान गर्छौं । कसैलाई दोषी करार गर्ने पूर्वाग्रहसाथ काम गर्दैनौँ ।’

त्यसैगरी संसदीय छानबिन समितिका सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले समितिको पहिलो बैठक बोलाउने काम संघीय संसद सचिवालयको भएको बताउनु भयो । उहाँले सचिवालयले पहिलो बैठक बोलाएपछि संयोजक तोकेर र कार्यविधि बनाएर काम अगाडी बढाउने जानकारी दिनुभयो ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकले पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनाएको थियो ।