३१ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढायो: परिसंघको प्रतिवेदन



अ+ अ-

काठमाडौँ । बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढाएको बैंक तथा वित्तीय संस्था परिसंघको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभूवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्यनले यस्तो निस्कर्ष निकालेको हो । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै (सीवीफीन)ले उक्त अध्ययन सार्वजनिक गरेको हो । सार्वजनिक अध्ययन प्रतिवेदनमा व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा नै रहेको बताएको छ ।

रेमिट्यान्सले बैकमा निक्षेप बढाएको र बैंकले कर्जा लगानीको हिसाबले व्यापार घाटा बढाएको देखाएको छ । व्यापार घाटाको सम्बन्ध रेमिट्यान्ससँग ७५ प्रतिशत, बैकको कर्जामा ८५ प्रतिशत र निक्षेप र रेमिट्यान्सको अन्तरसम्बन्ध ८३ प्रतिशत रहेको देखाएको हो । प्रतिवेदन सार्वजनिक गर्दै त्रिभूवन विश्वविद्यालयका एसोसियट प्राध्यापक डा. रमेश पौडेलले रेमिट्यान्सलाई लामो समयसम्म होल्ड गर्न र बैंकहरुको कर्जा लगानी गर्ने क्षेत्र छुट्याउनु पर्ने देखिएको बताउनु भयो । उहाँले अध्ययन गर्दा नेपालको उत्पादन क्षेत्रमा १९९६ सम्म उच्च वृद्धि भएको देखिएको बताउनु भयो । डा।पौडेलले उच्च वृद्धि हुन लागेको अवस्थाको पछि १० वर्षे जनयुद्धको कारण लगानी कर्ताहरुले उद्योगमा भन्दा सर्भिस क्षेत्रमा बढी प्राथमिकता दिएको बताउनु भयो । उहाँले नीति निर्माणमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने र सोही अनुसार नीति बनाउने हो भने मात्रै समस्या समाधान हुने बताउनु भयो ।

त्यस्तै, नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नेपालको अर्थतन्त्र तत्काल श्रीलंकाको अवस्थामा नपुग्ने दाबी गर्नुभयो । उहाँले नेपालमा विगतमा आर्थिक गतिविधि ठप्प हुँदा समेत तलमाथि नभएको अर्थतन्त्र भएकाले तत्काल डराउनु पर्ने अवस्था नभएको बताउनु भयो । नेपालले १० वर्षे जनयुद्ध,भूकम्प,नाकाबन्दी र कोभिड समेत भोगेर अर्थतन्त्र तँग्रिदै आएकाले अब नीतिहरु परिमार्जन हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष पौडेलले बैंकहरुले घरेलु तथा साना उद्योगमा लगानी बढाउनु पर्ने बताउनु भयो । उहाँले राज्यले पनि साना तथा मझौला उद्योगमा लगानी गर्दा सुरक्षा खोज्न नहुने बताउनु भयो ।




भर्खरै