२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढायो: परिसंघको प्रतिवेदन



अ+ अ-

काठमाडौँ । बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढाएको बैंक तथा वित्तीय संस्था परिसंघको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभूवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्यनले यस्तो निस्कर्ष निकालेको हो । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै (सीवीफीन)ले उक्त अध्ययन सार्वजनिक गरेको हो । सार्वजनिक अध्ययन प्रतिवेदनमा व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा नै रहेको बताएको छ ।

रेमिट्यान्सले बैकमा निक्षेप बढाएको र बैंकले कर्जा लगानीको हिसाबले व्यापार घाटा बढाएको देखाएको छ । व्यापार घाटाको सम्बन्ध रेमिट्यान्ससँग ७५ प्रतिशत, बैकको कर्जामा ८५ प्रतिशत र निक्षेप र रेमिट्यान्सको अन्तरसम्बन्ध ८३ प्रतिशत रहेको देखाएको हो । प्रतिवेदन सार्वजनिक गर्दै त्रिभूवन विश्वविद्यालयका एसोसियट प्राध्यापक डा. रमेश पौडेलले रेमिट्यान्सलाई लामो समयसम्म होल्ड गर्न र बैंकहरुको कर्जा लगानी गर्ने क्षेत्र छुट्याउनु पर्ने देखिएको बताउनु भयो । उहाँले अध्ययन गर्दा नेपालको उत्पादन क्षेत्रमा १९९६ सम्म उच्च वृद्धि भएको देखिएको बताउनु भयो । डा।पौडेलले उच्च वृद्धि हुन लागेको अवस्थाको पछि १० वर्षे जनयुद्धको कारण लगानी कर्ताहरुले उद्योगमा भन्दा सर्भिस क्षेत्रमा बढी प्राथमिकता दिएको बताउनु भयो । उहाँले नीति निर्माणमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने र सोही अनुसार नीति बनाउने हो भने मात्रै समस्या समाधान हुने बताउनु भयो ।

त्यस्तै, नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नेपालको अर्थतन्त्र तत्काल श्रीलंकाको अवस्थामा नपुग्ने दाबी गर्नुभयो । उहाँले नेपालमा विगतमा आर्थिक गतिविधि ठप्प हुँदा समेत तलमाथि नभएको अर्थतन्त्र भएकाले तत्काल डराउनु पर्ने अवस्था नभएको बताउनु भयो । नेपालले १० वर्षे जनयुद्ध,भूकम्प,नाकाबन्दी र कोभिड समेत भोगेर अर्थतन्त्र तँग्रिदै आएकाले अब नीतिहरु परिमार्जन हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष पौडेलले बैंकहरुले घरेलु तथा साना उद्योगमा लगानी बढाउनु पर्ने बताउनु भयो । उहाँले राज्यले पनि साना तथा मझौला उद्योगमा लगानी गर्दा सुरक्षा खोज्न नहुने बताउनु भयो ।