३० जेष्ठ २०८३, शनिबार
,
Latest
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानले गर्न थाले मार्सी धानको बीमा



अ+ अ-

खलङ्गा । जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बीमा गर्न थालेका छन् ।

पातारासी– ३ का किसान कृष्णबहादुर महताराले दुई हजार ७२५ वर्गमिटर जग्गामा मार्सी धान रोपेका छन् । दुई साताअघि मात्रै प्रिमियमबापत् ३३५ रुपैयाँ तिरेर उहाँले धानखेतको बीमा गरेका छन् । अब उक्त मार्सी धान नभित्र्याउँदासम्म केही क्षति भए बीमाबापत रु २६ हजार ५०० उहाँले प्राप्त गर्नेछन् । सोही वडाका पदमबहादुर महताराले पनि ३.८४ रोपनी जग्गामा लगाएको मार्सीधानको बीमा गरेका छन् । रु २६० प्रिमियम रकम तिरेर बीमा गरेका किसानले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउनेछन् । मार्सी धान मुख्य रूपमा कर्णाली प्रदेशको जुम्लामा मात्रै उत्पादन हुनेगर्छ । केही वर्षयता मुलुकभित्र र बाहिरसमेत माग बढेपछि यसको उत्पादन बढाउन र किसानलाई खेतीतर्फ आकर्षण गर्न पहिलो पटक बीमा कार्यक्रम ल्याइएको हो । मार्सी धानमा रोगकीराको सङ्क्रमण हुनुका साथै प्राकृतिक प्रकोपका कारण उत्पादनमासमेत कमी आउन थालेको किसान बताउँछन् । बीमा सुरु भएपछि किसानले ढुक्कसँग खेती गर्न सक्ने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दिपदर्शन फडेराले जानकारी दिनुभयो ।

कम्पनीका अनुसार धान फल्ने विश्वकै उच्च स्थान छुमचौर जिउलोका किसानले मार्सी धानको बीमा गरेका छन् । छुमचौरमा कृषि अनुसन्धान केन्द्र विजयनगरले ६ जातको मार्सी धान रोपेको छ । दुई हजार ८५० मिटर उचाइमा फल्ने सो धानको पहिचान बचाउन पनि बीमा थालिएको कम्पनीले जनाएको छ । कृषि क्षेत्रको बीमाको लागि सरकारले ८० प्रतिशत रकम व्यहोर्दै आइरहेको छ । बाँकी २० प्रतिशत रकम व्यहोर्ने गरी छुमचौरका १६ जनाले मार्सी धान खेतीको बीमा गरेको शिखर बीमाले जनाएको छ ।

मार्सीधान जुम्लाको पहिचान भएकाले बीमा कार्यक्रम सुरुआत गरिएको छ । जिल्लामा प्रतिरोपनी मार्सी धानखेती गर्न किसानको रु चार हजार ९६५खर्च हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बीमाबापत किसानले सरकारले व्यहोर्ने रकम कटाएर प्रतिरोपनी ५० का दरले प्रिमियम तिरिरहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो । जिल्लाभर झण्डै तीन हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब एक हजार ५०० हेक्टरमा कालीमार्सी धानको खेती हुने गरेको कार्यालयले जनाएको छ ।