• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   विश्वकपका लागि नेपाली टोलीमा नाम देख्दा आँसु आयो– अनिलकुमार साह ★   मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री ★   उद्योग वाणिज्य महासंघका अध्यक्षलाई डालीमा मकै कोशेली ★   शीर्षस्थानको आर्सनललाई चार अंकको अग्रता ★   ‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’ ★   राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना ★   लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट ★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी

कमल थापाको राप्रपा नेपालका विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष, महासचिव नै लिङ्देनको राप्रपामा



काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रजवारलाई आज राप्रपाको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गर्नुभएको छ । आज नै विद्यार्थी संगठनका महासचिव सचिन अधिकारी पनि राप्रपामा प्रवेश गरेका छन् ।


केही दिनअघि संगठनका अर्का महासचिव दिपेश शाह पनि राप्रपामा प्रवेश गरिसकेका छन् । संगठनका अध्यक्ष रजवार कैलालीको ऐेश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् ।

रजवार राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसंग अध्यक्ष पदमा पराजित भएपछि राप्रपा नेपाल गठन गरेका कमल थापाको पार्टीको तीन महिना अघि मात्रै विद्यार्थी संगठनका अध्यक्ष बनेका थिए ।

युवा विद्यार्थी संगठनका महत्त्वपूर्ण व्यक्तिले साथ छाड्दै गएपछि कमल थापा कमजोर बन्दै गएका छन् । पार्टी प्रवेश पछि रजवारले भने, ‘हामी युवा विद्यार्थीले कमल थापाले राजसंस्थाको मुद्दा बोकेका कारण उहाँलाई साथ दिएका हौं, राजसंस्थाको मुद्दा बोकेको नेतृत्वले राजसंस्थालाई नै आक्षेप लगाउने, अनावश्यक भ्रम छर्ने, राजसंस्था पुनःस्थापनाको एजेन्डालाई पार्टीको नीति नबनाउने भएपछि हामी राप्रपामा समाहित भएका हौं, अब कोही अलमलमा पर्नु हुँदैन।’

राप्रपालाई बलियो राष्ट्रवादी केन्द्र बनाउन सबै एकजुट बनौं, रजवारले भने ।