• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

माओवादीले स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा पार्टीभित्र भएको अन्तर्घातको छानबिन गर्ने भएको छ ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्न पार्टी अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति गठन गर्ने प्रस्ताव गर्नुभएको छ ।

समितिले छानबिन गरी १५ दिनभित्र पार्टी स्थायी समितिलाई प्रतिवेदन बुझाउने छ । अध्यक्ष प्रचण्डले सोही प्रतिवेदनका आधारमा कारबाही गरिने बताउनुभयो ।रासस