६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा पार्टीभित्र भएको अन्तर्घातको छानबिन गर्ने भएको छ ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्न पार्टी अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति गठन गर्ने प्रस्ताव गर्नुभएको छ ।

समितिले छानबिन गरी १५ दिनभित्र पार्टी स्थायी समितिलाई प्रतिवेदन बुझाउने छ । अध्यक्ष प्रचण्डले सोही प्रतिवेदनका आधारमा कारबाही गरिने बताउनुभयो ।रासस