५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीको त्यागले गठबन्धन अप्ठ्यारोबाट बच्यो: प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएर गठबन्धनलाई असफल पार्ने षड्यन्त्रलाई जवाफ दिएको बताउनुभएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा आज उहाँले आफूले कुनै गल्ती गरेको छैन भन्दै आउनुभएका अर्थमन्त्री शर्माले संसद्मा कुरा उठेपछि आफ्ना कुरा प्रष्टसँग राखेर नैतिकता देखाउनुभएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले अर्थमन्त्रीले नैतिकता प्रदर्शन नगर्नुभएको भए त्यही विषयलाई भ्रमित बनाउँदै र उछाल्दै राजनीतिसँगै सत्ता गठबन्धलाई अप्ठ्यारोमा पार्ने डिजाइन बनाइएको बताउनुभयो ।

सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्नका लागि अर्थमन्त्रीको विषय अगाडि ल्याइएको उहाँको भनाइ थियो । “त्यस्तो डिजाइनलाई अर्थमन्त्रीको त्यागले जवाफ दिइएको छ, पार्टीले यसबारे कार्यकर्ता र जनतालाई बुझाउनुपर्छ ।”

बजेट प्रकरणमा गठन भएको संसदीय छानबिन समितिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले अर्थमन्त्री शर्माले नैतिकता प्रदर्शन गरेको भन्दै अध्यक्ष प्रचण्डले यसले राम्रो राजनीतिक संस्कार देखाएको बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेट निर्माण सन्दर्भमा अर्थमन्त्री शर्मामाथि बजेट प्रस्तुत हुनुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्नता गराई करका दर हेरफेर गरेको र सोसम्बन्धी सिसिटिभी फुटेज नष्ट गरेको आरोप लागेपछि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।




भर्खरै