• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली ★   आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मकः पूर्वअर्थमन्त्री पौडेल ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता ★   पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी ★   राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय ★   मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती ★   क्रिकेट बलले गुप्तांगमा लागेर ११ वर्षीय बालकको निधन ★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण

भीमफेदीमा बसाइँ सरेर जानेको सङ्ख्या तेब्बर बढी



वाग्मती । मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँसरी आउनेभन्दा पालिकाबाट बसाइँसरेर जानेको सङ्ख्या तीनगुणा बढी छ ।

आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाउँपालिकामा बसाइँसरी आउने परिवार सङ्ख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको सङ्ख्या ९२ रहेको छ । यसरी पालिकाबाट चालु आवमा २९ परिवारका १४४ भित्रिदा ९२ परिवारका ३५० नागरिक बाहिरिएका छन् । गाउँपालिकाको ग्रामीण भेगबाट बसाइँसरी जानेको सङ्ख्या अत्यधिक रहेको गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाले जानकारी दिनुभयो । पालिका केन्द्रमा वर्षभरिमा पालिका बाहिरबाट २९ परिवार आए पनि गाउँपालिकाबाट ९२ परिवार बाहिरिएका छन् । पालिकाभित्रै पनि ग्रामीण क्षेत्रबाट पालिका केन्द्र र आसपास बसाइँ सर्ने क्रम अत्यधिक रहेको उहाँले बताउनुभयो ।

भीमफेदी गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार गाउँपालिकामा चालु आवमा विभिन्न प्रकारका एक हजार ३७७ घटना दर्ता भएका छन् । उपलब्ध विवरणअनुसार पालिकामा ३११ बालकको र ३४४ बालिकाको जन्मदर्ता भएको छ ।

त्यस्तै १२२ पुरुषको र ८७ महिलाको मृत्यु दर्ता भएको पालिकाले जनाएको छ । पालिकामा चालु आवमा ३६५ विवाह दर्ता गरिएकामा २७ सम्बन्धविच्छेदका घटना दर्ता भएका छन् ।