२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बर्खास्त गर्नुस्- सांसद भट्टराई



अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा गएर बोल्न लाग्दै गर्दा एमालेका धेरैजसो सांसदहरु संघिय संसदको बैठक नै छाडेर बाहिरिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसद योगेश कुमार भट्टराईले बोल्दै अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरेका थिए ।

एमाले सांसद भट्टराईले अर्थमन्त्री शर्मालाई संसद बैठकमा बोल्न कुनै अधिकार नभएको बताएका थिए । उनले ‘यति गम्भिर नैतिक उठिसकेको अर्थमन्त्रीले अब यो रोस्ट्रममा अर्थमन्त्रीको रुपमा सम्बोधन गर्ने कुनै नैतिक अधिकार छैन्’ भनेका थिए ।

त्यस्तै एमाले सांसद भट्टराईले ‘प्रधानमन्त्रीले अर्थमन्त्री जनार्दन शर्मालाई तुरुन्तै बरखास्त गर्नुस् त्यसपछि हामी उहाँको भाषण हामी सुन्न तयार छौं’ भनेका थिए ।

त्यसलगत्तै प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई रोस्ट्रममा मन्तव्यको लागि समय दिएका थिए तर अर्थमन्त्री शर्मा रोष्टमतर्फ आउँदैगर्दा एमालेका अधिकांश सांसदहरु बैठक नै छोडेर बाहिरिएका हुन् ।