२८ भाद्र २०८३, आईतवार
,
Latest
भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बर्खास्त गर्नुस्- सांसद भट्टराई



अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा गएर बोल्न लाग्दै गर्दा एमालेका धेरैजसो सांसदहरु संघिय संसदको बैठक नै छाडेर बाहिरिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसद योगेश कुमार भट्टराईले बोल्दै अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरेका थिए ।

एमाले सांसद भट्टराईले अर्थमन्त्री शर्मालाई संसद बैठकमा बोल्न कुनै अधिकार नभएको बताएका थिए । उनले ‘यति गम्भिर नैतिक उठिसकेको अर्थमन्त्रीले अब यो रोस्ट्रममा अर्थमन्त्रीको रुपमा सम्बोधन गर्ने कुनै नैतिक अधिकार छैन्’ भनेका थिए ।

त्यस्तै एमाले सांसद भट्टराईले ‘प्रधानमन्त्रीले अर्थमन्त्री जनार्दन शर्मालाई तुरुन्तै बरखास्त गर्नुस् त्यसपछि हामी उहाँको भाषण हामी सुन्न तयार छौं’ भनेका थिए ।

त्यसलगत्तै प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई रोस्ट्रममा मन्तव्यको लागि समय दिएका थिए तर अर्थमन्त्री शर्मा रोष्टमतर्फ आउँदैगर्दा एमालेका अधिकांश सांसदहरु बैठक नै छोडेर बाहिरिएका हुन् ।