२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन व्यवसायीलाई ब्याजमा राष्ट्र बैंकले दियो राहत



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवाजस्ता बाह्य पर्यटकमा निर्भर रहनु पर्ने व्यवसायीले लिएको ऋणको व्याजलाई पूँजीकरण नगर्न, थप हर्जाना नलिन तथा पेनाल ब्याज नलिन बैंकहरुलाई निर्देशन दिएको छ । बैंकले क, ख र ग वर्गका बैंकहरु तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन २०७७ मा संशोधन गरी छुटको व्यवस्था गरेको हो ।

बैंकद्वारा जारी सूचनामा भनिएको छ, “कोभिड–१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवाजस्ता बाह्य पर्यटकमा निर्भर रहनु पर्ने व्यवसायीलाई परेको कोभिड–१९ को असर मूल्याँकन गरी २०७९ असार मसान्तसम्म भुक्तान गर्नुपर्ने सावाँ तथा व्याज दायित्वलाई छुट्टै हिसाब राखी दुई वर्ष सम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यस्तो ब्याजलाई पुँजीकरण गर्न नपाइने र थप हर्जाना तथा पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाउनु पर्नेछ ।”

कोभिड–१९ बाट आफ्नो व्यवसायमा ठूलो संकट आएको भन्दै होटल, ट्राभल, ट्रेकिङ व्यवसायीले छुट र राहतका लागि माग गरिरहेका थिए ।साथै बैंकले टिआर कर्जा सम्बन्धमा पनि निर्देशन दिँदै ट्रस्ट रिसिप्ट कर्जा, बिल्स डिस्काउन्टिङ वा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्दा अधिकतम ९० दिनसम्मको अवधिका लागि मात्र प्रवाह गर्न पाइने जनाएको छ ।