६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र क्यानडाबीचको एकदिवसीय खेल वर्षाका कारण खेल रद्ध



अ+ अ-

काठमाडौं । नेपाल र क्यानडाबीच मंगलवार तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्ध भएको छ ।  क्यानडाको किंग सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा लगातार वर्षा भएपछि खेल सुचारु नै भएन ।

नेपालले क्यानडासँग दुई एकदिवसीय खेलको श्रृंखला खेल्ने तालिका रहेको थियो ।जसअन्तर्गतको पहिलो खेल रद्ध हुन पुगेको हो । दोस्रो खेल आज हुनेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाल क्यानडाबाटै स्कटल्याण्ड त्रिकोणात्मक श्रृंखला खेल्न जाने तालिका रहेको छ ।

श्रृंखलामा नेपाल, आयोजक स्कटल्याण्ड र नामिबियाले प्रतिष्पर्धा गर्दैछन् । एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको स्थानीय क्लवसँग एक एकदिवसीय र एक ट्वान्टी–२० अभ्यास खेल खेलेको थियो । जसमा नेपालले एकदिवसीय खेलमो स्थानीय ओन्टारियो क्लवलाई ६९ रनले र ट्वान्टी–२० खेलमा ५५ रनको सुखद् नतिजा निकालेको थियो ।

विश्वकप क्रिकेट लिग –२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । स्कटल्याण्डमा हुने
श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डबिरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाबिरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डबिरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।