२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी: सरकारले पहल गर्नुपर्छ- ओली, निर्णय चाँडो चाहियो- एमसीसी टोली (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले  पोजिसन क्लियर गरेपछि मात्र आफूहरुले एमसीसीबारे धारणा बनाउने बताउनु भएको छ । एमसीसी उअध्यक्ष फतिमा सुमारसहितको टोली संगको छलफलमा  अध्यक्ष ओलीले एमसीसीका बारेमा सरकार स्पष्ट हुनु पर्ने बताउनु भएको थियो ।

एमसीसी उपाध्यक्ष  सुमारले आफूहरु निर्णयको प्रतिक्षामा रहेको जनाउदै पास गर्ने वा अस्वीकार गर्ने निर्णय गर्न सुझाउनु भएको थियो । छलफलमा ओलीले सरकारले यसबारेमा हाल सम्म कुनै पनि छलफल नगरेको उल्लेख गर्दे आफूहरुको भूमिका भन्दा पनि सत्तारुढको भूमिका स्पष्ट हुनु पर्ने धारणा राख्नु भएको बैठकमा सहभागी एकब्यक्तिले बताउनु भयो ।