• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo

पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर



एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ ।

पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

यस अघि फ्रान्सकै निसको टोली सम्हालेका जर्मन प्रशिक्षकले पिएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

पिएसजीले अर्जेन्टाईन प्रशिक्षक पोचेटिनोलाई सम्झौता बाँकी रहदै बर्खास्त गरेको हो । पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्म रहेको थियो ।

पोचेटिनोले पिएसजीलाई फ्रेन्च लिग वान जिताएका छन् ।