• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

भक्तपुरमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु



सांकेतिक तस्बिर

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा रामेछाप घर भई हाल जडीबुटीस्थित बर्गर हाउसमा काम गर्ने २४ वर्षीया रेजिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख २२१२ नम्बरको बस र सोही दिशातर्फ आउँदै गरेको बा ७८ प १०८३ नम्बरको स्कुटी एक आपसमा ठक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सवारी चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।