• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली

तरलता सहज बनाउने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई निजी क्षेत्रको सुझाव (भिडियोसहित)



काठमाडौं । आगामी मौद्रिक नीतिमा आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि बैंकिङ सहजता बनाउने गरी मौद्रिक नीति ल्याउन निजी क्षेत्रले माग गरेका छन् ।

सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकलाई सुझाव दिँदै निजी क्षेत्रमा छातासंगठनका प्रमुखहरुले यस्तो सुझाव दिएका हुन् । निजी क्षेत्रले पछिल्लो समय भोगिरहेको बैंकिङ तरलता, बैकिङ कर्जामा सहुलियत, कृषि, पर्यटन र उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ प्रणालीमा रहेको तरलता सहज बनाउने मौद्रिक नीति आउनुपर्ने बताउनु भयो । उहाँले बैंकिङ कर्जा अनउत्पादन क्षेत्रमा बढी गएको देखिएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनु भयो । वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकिङ तरलता चरम अभाव भएकाले पास भएका कर्जा समेत दिन नसक्ने अवस्थामा रहेको बताउनु भयो ।

उहाँले बैंकहरुलाई सिडि रेसियो असार मसान्तसम्म ९० प्रतिशत भन्दा तल ल्याउनुपर्ने दबाबलाई मौद्रिक नीतिमार्फत सहज बनाउनुपर्ने सुझाव दिनुभयो । ढकालले कोभिड प्रभावित उद्योगहरुलाई दिएको सहुलियत यो वर्ष पनि निरन्तरता दिनुपर्ने बताउनु भयो । उहाँले अनुत्पादन भन्दापनि उत्पादन र पर्यटन उद्योगको लागि जाने कर्जामा बढी प्राथमिकता दिने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ अहिले बजारमा तरलताको समस्या रहेको छ । त्यसलाई सहज बनाउने खालको मौद्रिक नीति आउनुपर्छ भन्ने लागेको छ । कतिपय अनउत्पादन क्षेत्रमा कर्जा प्रवाह गरे भन्नेकुरा आइरहेको छ त्यसमा हेनुपर्ने होला । अहिले हाइड्रो पावर आयोजनाहरु छन् । तीनीहरुलाई लिमिट पास भइसकेको रकमसमेत दिन नसक्ने अवस्था छ ।

उत्पादन उद्योगमा उत्पादन बढाउनको लागि मेसिन ल्याउन लिमिट पास भएर एलसी खोलेको अवस्था छ । त्यसलाई पनि फण्डिङ गर्न नसकेको अवस्था छ । बैंकहरुलाई सिडि रेसियो असारमसान्त सम्म ९० प्रतिशत भन्दा तल ल्याउनुपर्ने दबाबको हिसाबले राष्ट्र बैंक र सरकारले एमदमै फोकस गरेर इन्करेज गर्नुपर्ने क्षेत्रमा लिमिट भएको विषयलाई पनि जान नसक्ने अवस्था छ । यो विषयलाई सहज बनाउनको लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेस गर्नुपर्छ । कोभिड महामारीको कारण धेरै उद्योगहरु घाटामा गएको अवस्था छ । बैंकहरुलाई पनि लस ब्यालेन्स सिटमा प्रोभिजनल गर्ने दबाब छ । कोभिड प्रभावित उद्योगलाई सहुलियत दिनुपर्छ भन्ने लाग्छ । उत्पादन र पर्यटन उद्योगमा जाने कर्जालाई तुलनात्मक रुपमा प्राथमिकता दिनुपर्छ ।’

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आगामी मौद्रिक नीतिमा पछिल्लो समय उद्योगी व्यवसायीहरुले भोग्नुपरेको समस्या सहजिकरण हुने आशा लिएर बसेको बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले तरलता अभाव,लगानीको वातावरण असहज जस्ता समस्या भोगिरहेको बताउनु भयो । अध्यक्ष अग्रवालले पछिल्लो ६ महिनाको बीचमा ६० अर्ब बराबरको लगानी बढेको दाबी गर्नुभयो ।

उहाँले अर्थतन्त्रमा देखिको समस्याको कारण १५ देखि ६० प्रतिशत उद्योगमा लगानीमा संकुचन आएकाले मौद्रिक नीतिले आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि उत्पादनमुुलक उद्योगमा लगानी गर्ने वातावरण सहज बनाउनुपर्ने माग गर्नुभयो । अध्यक्ष अग्रवालले पेट्रोलियम पदार्थ र बजारमा भएको अत्याधिक मूल्यवृद्धिलाई सहजिकरण गर्ने मौद्रिक नीति आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ पछिल्लो ६ महिनामा ५० देखि ६० अर्बको लगानी बढेको छ । ६० अर्बको लगानी कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत वा सम्पूर्ण लोनको १ प्रतिशत वा डेढ प्रतिशतको बीचमा रहेको छ । एकदमै न्याक्लिलेजम लगानी भएको छ । त्यही तरिकाले अन्य परिसूचकहरु ६ महिनामा सुधारतर्फ भएका छन् भन्ने लागेको छ । उद्योगहरुमा १५ देखि ६० प्रतिशत मागमा संकुचन देखिएको छ । बजारबाट लगानी उठ्न समस्या भएको छ । एनटिएमा समस्या पर्छ त्यसले लगानीमा समेत संकुचन हुने देखिन्छ । यो हाम्रो आन्तरिक समस्या होइन । सबै वाह्य समस्या रहेको छ । पेट्रोलियम पदार्थ र बजारमा मूल्यवृद्धि भएको छ । त्यसले हामीले समस्या भोग्नुपरेको छ । समस्यालाई अवसरको रुपमा लिने हामीसँग क्षमता हुनुपर्छ । त्यसमा उत्पादन बढाएर अर्थतन्त्रलाई बलियो बनाउन सक्छौं । जुन तरिकाले अहिले उद्योगी व्यवसायीहरुले समस्या भोगेका छन् त्यसमा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा आश गरिरहेका छन् ।’

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी मौद्रिक नीति निर्यातलाई प्रवद्र्धन गरी व्यवस्थित गर्ने किसिमको आउनुपर्ने बताउनु भयो । उहाँले अहिले आयात अव्यवस्थित रुपमा भइरहेकाले मुलुकमा उत्पादन हुने वस्तुको आयात नियन्त्रण गर्ने नीति आवश्यक रहेको बताउनु भयो । अध्यक्ष मल्लले बैंकहरुमा ब्याज बढ्ने किसिमको मौद्रिक आउन नहुने सुझाव दिनुभयो । उहाँले मौद्रिक नीतिले बैंकहरुले कर्जामा लिन प्रिमियम दर नियन्त्रण गर्नुपर्ने बताउनु भयो । अध्यक्ष मल्लले भारतीय पाँच सय र दुई हजारको नोट प्रचलनमा आउने व्यवस्था गर्न सुझाव दिनुभयो । उहाँले बैंकिङ सुविधा ७५३ वटै स्थानीय तहसम्म पु¥याउनुपर्ने बताउनु भयो । उहाँले गत वर्ष शेयर धितो कर्जामा लगाएको ४/१२ को सीमा खारेज गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आगामी मौद्रिक नीति निर्यातलाई प्रवद्र्धन गरी व्यवस्थित गर्ने किसिमको हुनुपर्छ । अहिले आयात छताछुल्ल रुपमा भइरहेको छ । मुलुकको बजेट भन्दा ठूलो आयात भएपछि कुनैपनि मुलुकले थेग्नै सक्दैन । मुलुकभित्र नै उत्पादन गर्नसक्ने जनाई,सिन्कासमेत आयात गरेर उपभोग गरिरहको रहेछौं । यस्ता वस्तुको आयातलाई नियन्त्रण गर्ने नीति आवश्यक छ । अबा बैंकको ब्याज बढ्ने संकेत देखिएको छ । बजारको मागअनुसार बढ्छ, केही छैन । व्यवसायीहरुले बैंकमा नयाँ कर्जा नलिए नि पुरानो ऋण सार्न काम गर्नसक्छ । त्यसको वेसरेटमा लिने प्रिमियम धेरै छ । गत वर्ष ०.२५ देखि १.५ प्रतिशतसम्म लिन प्रिमियम ५ देखि ६ प्रतिशत लिइएको छ । राष्ट्र बैंकले यसलाई नियन्त्रण गर्नुपर्छ ।

एनआरएनहरुको लागि बैंकमा खाता खोल्न अनलाइनको व्यवस्था गर्नुपर्छ । डलर खर्च हुने भारतसँगको व्यापार ठूलो मात्रामा छ । डलर बेचेर भारु किनिरहेका हुन्छौं । भारतीय पर्यटनबाट तान्न सकिने भारतीय रुपैयाँ नै हो त्यसमा २५ हजारको रहेको छ । त्यसलाई २ लाख बनाउनु पर्छ । भारतिय पर्यटनले ल्याउन ५ सय र २ हजारको भारु नेपालमा चल्नसक्ने बनायो भने भारतीय रुपैयाँ नेपालमा आउँछ । बैंकमा पैसा आएको पैसा ल्याउने वातावरण बनाउनु प¥यो ।

बैंकिङ सुविधा ७५३ वटै स्थानीय तहसम्म पु¥याउनु प¥यो । मान्छेहरुले घरमा नभएर बैंकमा पैसा राखुन् । त्यसले तरलता सहज आउँछ । शेयर लगानीकर्ताहरुले लगानी गरेको खर्बौं रकम डुबेर घरबार बिहीन भएका छन् । धितोकर्जामा ४÷१२ को सीमा हटाउनु पर्छ । नभए शेयर बजारलाई व्यवस्थित गर्नुप¥यो । कृषि उत्पादन बढाउनको लागि कृषि कर्जामा सहुलियतको व्यवस्था गरी कृषिमा आत्मनिर्भर बनाउने नीति ल्याउनु पर्छ ।’

त्यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा उमेशप्रसाद सिंहले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई कर्जामा प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । उहाँले उद्योगहरुलाई एउटै रुपमा परिभाषा गरिकाले घरेलु तथा साना उद्योगलाई उद्योगको क्षमतालाई हेरेर बैंकको ब्याजदर छुट्टै बनाउनुपर्ने बताउनु भयो । अध्यक्ष सिंहले विगतमा कोभिड प्रभावित उद्योगलाई दिएको कर्जा सुविधालाई घरेलु तथा साना उद्योगमैत्री बनाउनुपर्ने बताउनु भयो ।

अध्यक्ष सिंहले घरेलु तथा साना उद्योगले प्रोजेक्ट धितो राखेर कर्जा लिन पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।