• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री यादबको गुनासो: सरकारले नै पार्टी फुटायो ★   बुबाको मार्गदर्शन अनुसार अघि बढ्छु: सांसद नेम्वाङ ★   नटआउट थिए, खुट्टाले दुई पटक बाउन्ड्री छोयो… सामसनको विकेटमा सिद्धुको बयान ★   अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला ★   चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल ★   रणवीर सिंहले दीपिकासँगको विवाहको तस्बिर हटाए ★   सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’-फोटो फिचर ★   सार्वजनिक महत्वका विवरण स्वत: प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका ★   आईपीएलमा लखनउमाथि पहिलो जितको खोजीमा हैदरावाद ★   कोशीमा बजेटको तयारी तिब्र, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी

सदस्यता नवीकरणको समयावधि एकमहिना थप



काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको सातौं बैठक २०७९ असार २० गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ ।

बैठकमा पार्टी सदस्यता नवीकरण, संगठनसम्बन्धी कार्यशाला, अनुगमन र मूल्याङ्कन तथा बार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल भएको एमालेले जनाएको छ ।

सो पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्य र संगठन विभाग प्रमुख खगराज अधिकारीको अध्यक्षतामा भएको बैठकमा विभाग सदस्यहरुले छैटौं बैठक यताका कामको संक्षिप्त रिपोर्टिङ प्रस्तुत गरेका थिए ।

बैठकले पार्टी सदस्यता नवीकरणको समयावधि असार मसान्तमा सकिने भएकाले साउन मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

संगठनसम्बन्धी कार्यशालाका सम्बन्धमा बाग्मती प्रदेशमा सम्पन्न भइसकेको र अन्य प्रदेशको हकमा असार, साउन र भदौ महिनामा सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ ।

जस अनुसार, प्रदेश १ मा यसै असार महिनाको २९ र ३० गते, गण्डकी प्रदेशमा साउन १ र २ गते, लुम्बिनी प्रदेशमा साउन १३ र १४ गते, सुदूरपश्चिममा साउन ३ र ४ गते र कर्णाली प्रदेशमा भदौ पहिलो साता सम्पन्न गर्ने निर्णय गरेको छ । मधेश प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीको समयतालिका पनि छिटै तय हुने छ ।

बैठकमा महासचिव पोखरेलले सांगठनिक काम व्यवस्थित गर्ने, जनताका सरोकारका विषय र सामाजिक मुद्दाहरूमा पार्टी कमिटीबाटै आवाज उठाउनुपर्ने, जनसंगठनहरूको अधिवेशन निश्चित समयभित्र सम्पन्न गर्ने, सबै तहका कमिटीहरूमा सचिवालय गठन गर्ने लगायत विषयमा निर्देशनात्मक मन्तव्य राख्नु भएको थियो ।

बैठकमा संगठन विभाग सचिवमा मनोनयन भएका सम्झना देवकोटालाई हार्दिक बधाई ज्ञापन गर्दै स्वागत गरिएको थियो ।